संक्रमित ३३पुगेपछि  कचनकवल गाउँपालिका सिल

2020-05-21 मा प्रकाशित

झापा,८ जेठ । झापाको कचनकवलमा कोरोना संक्रमितको संख्या तीव्ररुपमा भेटिन थालेपछि गाउँपालिका सिल गरिएको छ । हाल सम्म सो गाउँपालिकामा ३३ जना कोरोना संक्रमित भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाले संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिका सिल गरिएको  बताए । उनले भने, ‘अब स्वास्थ्य र सुरक्षाका अत्यवश्यक सवारीसाधन र व्यक्तिबाहेक अन्य व्यक्तिले गाउँपालिकामा हिँड्डुल गर्न पाउँने छैनन्  ।’

क्वारेन्टाइनमा राखिएकामध्ये १ सय जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको र तीमध्ये हालसम्म ३३ जना संक्रमित भेटिएको उनको भनाई छ । ।
उनिहरु ‘नेपाल छिर्नेबित्तिकै क्वारेन्टाइनमा राखिएको र कन्ट्याक ट्रेसिङ समेत गर्नु नपरेको बताउदै ,’ एसपी कोइरालाले  भने, ‘समुदायमा फैलिएको छैन त्यसैले  आत्तिनु पर्दैन  ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु