नेकपाको स्थायी समिति बैठक असार २६ गतेसम्मका लागि स्थगित

2020-07-08 मा प्रकाशित

काठमाण्डौ,२४ असार ।आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को स्थायी समितिको बैठक असार २६ गते ११ बजे सम्मका लागि स्थगित भएको छ।

पार्टीमा जारी गतिरोध अन्त्यका लागि दुई अध्यक्ष निरन्तर छलफलमा रहेकाले स्थायी समिति बैठक स्थगित भएको हो।

पार्टी एकताका लागि दुई अध्यक्ष मिल्नुपर्ने बताइएपछि ओली र प्रचण्ड आइतबार यता नियमित छलफलमा छन्।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकार दुबै राम्रोसँग चलाउन नसकेको भन्दै अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब नेपाल समूहले प्रम ओलीलाई दुब पद छाड्न दबाब दिदैं आएका छन्।

दबाबका कारण तात्कालिन नेपाल कम्युनिस्ट पार्टी ९एमाले० र माओवादी केन्द्रबिचको एकता प्रक्रिया नै धरापमा परेको छ।

जारी स्थायी समितिमा प्रचण्ड(नेपाल समूहका करिब ३० स्थायी समिति सदस्यले प्रम ओलीको राजीनामाका लागि एक स्वर गर्दै आएका छन्।

आफू विरूद्ध मोर्चाबन्दी कसिएपनि प्रम ओलीले भने कुनै पनि हालतमा दुबै पद नछोड्ने बताउँदै आएका छन्।

पार्टीमा टकराव चर्किदै गएपछि पार्टी एकता भाँडिन नहुने र फुटको बाटोमा जान नहुने आवाज उठेपछि केही दिन यता प्रचण्ड र ओली ुवान टु वानु छलफल गरिरहेका छन्।

उनीहरूले आपसी छलफलबाट पार्टीमा जारी गतिरोध अन्त्य गर्ने विश्वास लिइएको छ।
सेतोपाटीबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु