झापामा रास्वपाले टुङ्गो लगायो उम्मेद्वार, १ बाट निशा डाँगी

2026-01-18 मा प्रकाशित

झापा, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका सबै उम्मेद्वार टुङ्गो लगाएको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँच वटै क्षेत्रका उम्मेद्वार आज टुङ्गो लगाएको हो ।

झापाको क्षेत्र नं १ मा निशा डाँगी उम्मेदवार बनाउने रास्वपाले निर्णय गरेको छ ।
त्यसैगरी झापा क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख इन्दिरा राना मगरलाई रास्वपाले उम्मेदवार बनाएको छ। यस क्षेत्रमा नेकपा एमालेबाट निवर्तमान सभामुख देवराज घिमिरेले टिकट पाएका छन् । यस क्षेत्रमा निवर्तमान सभामुख र उपसभामुखबीच प्रतिस्पर्धा हुने भएको हो।

त्यस्तै क्षेत्र नम्बर ३ मा पार्टी जिल्ला सभापति प्रकाश पाठक उम्मेदवार बन्ने निश्चित भएको छ भने क्षेत्र नम्बर ४ मा पार्टी सचिव शम्भु सुस्केरा उम्मेदवार बन्ने टुंगो लागेको छ।

बहुचर्चित क्षेत्रका रूपमा रहेको झापा क्षेत्र नम्बर ५ मा भने काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह उम्मेद्वार हुने निश्चीत भएको छ । झापा ५ मा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा छन् । भने नेपाली कम्युनिष्ट पार्टीले युवा नेता रञ्जित तामाङलाई सो क्षेत्रमा उम्मेद्वार घोषणा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु