रामचन्द्र उप्रेती
समुहमा बस्ने सबै प्राणीमा नेता हुने गर्छन् । नेताले समुहलाई बचाउछन् । त्यसैले नेता आवश्यक पर्छ । नेतालाई मान्नु पर्छ । ठूला जनवार हात्तीदेखि सानामा कमिलासम्मका नेता हुन्छन् भन्ने विश्वास छ । यी सबैको नेताको काम, नेता बदल्ने तरिका र नेता छान्ने काम आआफ्नै खालका हुन सक्छन् ।
मानिस नितान्त सामाजिक प्राणी भएकाले समुहमा बस्छन् । मानिस जुन समयमा जङ्गलमा बस्थे, घुमन्ते जीवन बिताउथे, सिकार गरेर निर्वाह गर्थे त्यो बेला पनि नेता हुन्थे र नेताले समुहको सुरक्षा गर्ने एवं बचाउने काम गर्थे । त्यसको अवशेष नेपालमा समेत अहिले राउटे समाजले गरिरहेको छ ।
अब लागौ मध्ययुगिन समाजमा नेता छान्ने तरिकाका बारेमा । पहिला पहिला कुदेर जो छिटो लक्षमा पुग्थ्यो त्यो नै राजा हुन्थ्यो भनेको सुनेका र पढेका थियौं । लडाईँमा राजा आपैm तरवार र ढाल बोकेर लडन जाने बेलामा राजा छान्ने यो तरिका एकदमै ठिक थियो भन्ने सहजै अनुमान लाउन सकिन्छ । राजा सुखसयलमा लम्पट भएर कुद्न नसक्ने भएपछि राजा छान्ने तरिका नै बदलिदिए ।
कुनै समयमा जसले धेरै सेना र हातहतियार जम्मा गर्न सक्थे तिनै नेता हुन्थे । नेतालाई शासन गर्न भुगोल र जनताको आवश्यक पर्ने भएपछि राज्यहरुको जन्म भयो । आफ्नो राज्यलाई ठुलो पार्न, आपूmलाई शक्तिशालि देखाउन राज्यको विस्तार गर्ने हुँदा राज्य–राज्यका बिचमा लडाई झगडा हुने गथ्र्यो भन्ने पढेको र सुनेको हो । यो समयमा शक्तिको श्रोत भनेको जमिनी लडाईमा लडन सक्ने धेरै सेना र हतियार थियो । दोश्रो विश्व युद्धसम्म यही तरिकाको बोलवाला थियो । दोश्रो विश्व युद्धपछि संयुक्त राष्ट्रसङ्घको निर्माण र तिब्र प्रविधिको विकास भएकाले जोसँग धेरै धन र आधुनिक प्रविधि छ त्यो नै नेता हुने भयो । अहिले अमेरिकासँग यो दुबै छ उ विश्वको नेता बनेको छ । अरु क्षेत्रिय नेताहरु उदाउदै छन् ।
अहिले देशदेशका बिचमा होस् वा देश भित्र शक्तिशालि बन्ने होड चलेको छ । जो शक्तिशालि हुन्छ उनै नेता बन्छ । देश भित्र पनि केन्द्रको नेता, प्रदेशको नेता, जिल्ला र पालिकाको नेता, वडाको नेता बन्ने होड छ । त्यसै गरि पार्टीको नेता, धर्मको नेता, जातको नेता, सङ्घसंस्थाको नेता बन्न चारैतिर दौडधुप चलिरहन्छ ।
केही मानिसलाई नेता बन्नु बेकार लाग्छ । किनकि नेता बनेपछि आफ्नो काम गर्न भ्याइदैन भन्ने लाग्छ । जब आफ्नो काम गर्न भ्याइदैन र गरिदैन तब आम्दानिको श्रोत हुदैन । परिवार र आफ्नै पनि विचल्लि हुन्छ भन्ने ठान्छन् । हेर्दा यो पनि ठिकै हो । केही मानिसलाई नेता नभई भएकै छैन । दिनरात नै भोक तिर्खा केही नभनि नेता हुन लागि परेका छन् । किन नेता हुने भन्दा यो समाजको, देशको, पार्टीको, जातको, धर्मको, क्षेत्रको, सङ्घसस्थाको लागि काम गर्न भन्छन् । मानौ उनीहरु सेवा गर्न मात्रै जन्मिएका हुन् र सेवाका लागि, अरुको भलाईका लागि नै नेता बन्न मरिहत्ते गर्छन् । यो पनि ठिकै जस्तो लाग्छ । किनकि नेता नभई त समुदायको उन्नति, विकास हुदैन । रक्षा र सुरक्षा हुदैन । त्यसैले नेता चाहिन्छ । नेता बन्नु पर्छ, नेता बनाउनु पर्छ ।
अहिलेको आधुनिक समयमा नेता छान्ने प्रचलित र सर्वस्विकार्य तरिका भनेको निर्वाचन हो । सर्वसम्मत नेता बनाउने भनेको पनि निर्वाचन नै हो । सबैले छानेको, सबैले मानेको, अरुले दावि नगरेको अवस्थामा सर्वसम्मत नेता छानिन्छ । सर्वसम्मत हुन नसकेमा, एकभन्दा बढीको चाहना, दावि भएमा सरोकार वाला र अधिकार प्राप्त मानिसले आफ्नो रुचि एवं चाहना अनुसारको नेता कतै गोप्य मतबाट र कतै खुला प्रकृयाबाट नेता छानिन्छ । यो सबै प्रकृया हो ।
अब लागौ मुल विषय तिर, नेता बन्ने कि नेता बनाउने ? समाजमा नेता नभई पनि हुदैन । नेतालाई गालि नगर्ने मानिस पनि हुदैन । आपैmले छानेका नेतालाई किन यतिविधि गालि गरेको होला ? यसबारेमा अलिकति मनन् गरौं ।
कस्ता मानिसलाई हामी नेता बनाउछौं यसबारेमा अलिकति मनन् गर्ने हो कि । समाजमा, पार्टीमा जो नेता बन्न मरिहत्ते गर्छ उसैलाई नेता बनाउने गरिएको छ । जस्तो उदाहरण लिउँ हालका प्रधानमन्त्री शेरबहारदुर देउवा सरकार प्रमुख भएको करिव तीन महिनामा मात्र सरकारले पूर्णता पाएको छ । यस बीचमा मन्त्री हुन नेताहरुको रेस्लिङ दौड नै भयो । त्यो पनि मालदार मन्त्रालय हत्याउन ठुलै नेताको जोडबल सबैले थाहा पाउने गरिको छ । यी र यस्तै सोचका मानिस नेता हुँदा देशले के नै पो पाउला र ? अहिलेको मन्त्री बन्ने भनेको आगामि चुनावका लागि खर्च जुटाउने मेलो हो ।
यस्तो सोच र शैलि मन्त्री बन्ने बेलामा मात्रै देखिने होइन वडादेखि सांसद, मन्त्री बन्न चाहने लगभग सबैमा देखिन्छ । उनीहरु खर्च गरेर चुनाव जित्ने, खर्च गरेर राजनीतिमा पद पाउने गर्छन् । पदमा पुगेर खर्च उठाउने नगर्ने हो भने तिनले खर्चेको पैसा कसले दिन्छ ?
हामी चुनावमा मात्रै होइन अरुबेलामा पनि नेताबाट हुने नहुने काम गरिदिउन, राज्यकोषबाट, पहुँच पुग्ने सङ्घसस्थाबाट पैसा दिउन, ठेक्का, लाइसेन्स, जागिर, प्रमोसन, अनुकुल स्थानमा सरुवा आदि मिलाई दिउन भनेर अपेक्षा गर्छौैं । आफ्ना यस्तै यस्तै अपेक्षा पुरा गर्न सक्ने नेता छान्छौं । आफ्नो फाइदा हुने काममा नेताले नीतिविधिको कुरा उठाएर रोकिदिए भने हामीलाई धेरै नै नराम्रो लाग्छ । अब हामी अपेक्षा गर्छौं नेताले नीतिविधिको पालना गरेर देश हाँकुन । संस्था हाकुन ।
हामी नेता छान्ने बेलामा देशको, समाजको र सङ्घसस्थाको हित गर्नेभन्दा पनि आफ्नो व्यक्तिगत फाइदा कसले गर्छ भनेर नेता छान्छौं । कुनै नेता हुन चाहने मानिसले नीतिविधिको र शुसासनको मात्रै कुरा गरेछन् भने मुखले जतिसुकै राम्रो भनेपनि मनको छनोट त्यस्तालाई नभई आफ्नो स्वार्थ पुरा गरिदिन सक्ने लाई नै दिन्छौं । अर्थात विधि, पद्धति, नीतिनियम सबै भत्काएर भएपनि नेताले मेरो हुनेनहुने काम गरिदिउन भनेर नेता छान्ने हो । यो अहिलेको यथार्थ हो ।
नेता बन्न चाहने मानिस व्यक्तिगत भेटघाटमा यस्ता सबै कुरा पुरा गर्ने बचन दिन्छन् र सार्वजनिक खपतका लागि शुसासन, विधि, नीति, नियम, विकास र समृद्धिका कुरा गर्छन् । यो बिरोधाभासको अवस्थामा अहिलेका नेता हुन्छन् । त्यसैले तिनले जे भन्छन् त्यो गर्दैनन् र जे गर्छन् त्यो भन्दैनन् । यो खालको द्वैध चरित्र भएका मानिस नै नेता बन्न सक्छन् । यदि कसैले सोझो कुरा गरेछन् भने किमार्थ ती नेता बन्ने ठाउँमा पुग्ने छैनन् । अर्थात झुठ बोल्न सक्ने, नहुने कुरा र गर्न नसकिने काम गरिदिन्छु भन्ने मानिस नै नेता बन्ने माहौल छ ।
नेता हुनु गौरव, सम्मान र अवसर हो । अवसर भनेको राम्रो गर्ने अवसर, विकास गर्ने अवसर, शुसासन कायम गर्ने अवसर, विधिपद्धति स्थापित गर्ने अवसर, नयाँनयाँ काम गर्ने अवसर, जनताको सेवा गर्ने अवसर, सङ्घसस्थाको उन्नति प्रगतिमा लाग्ने अवसर हो । तर, नेताले प्राप्त गरेको यो अवसरको सदुपयोग मात्रै गरेको देखिदैन । यो शक्ति र अवसरको दुरुपयोग पनि त्यत्तिकै हुने गरेको छ । भुँइमा अर्थात साधारण मानिसले चाहेर पनि धेरै विगार्न सक्दैन । तर नेताले अर्थात शक्तिमा भएका मानिसले स्वार्थका लागि बिगार्न चाहेभने धेरै कुरा विगार्न सक्छन् ।
अहिले माहोल कस्तो छ भने नेताले बनाउने भन्दा पनि बिगार्ने डर धेरै हुन्छ । अहिले नेताले राम्रो केही गरेनन् तर बिगार्ने काम मात्रै गरेनन् भने पनि जनताले चित्त बुझाउनु पर्ने अवस्था छ । नेताले सानातिना काम गरेर नै प्रशंन्सा र वाहाबाही पाउने अवस्था छ ।
यदि साच्चै देश, समाज, संघसस्था बनाउने सोच हामी भित्र छ भने अब नेता खोज्ने र बनाउने होइन आपैm नेता बन्न तयार हुनुपर्छ । यदि हामी आपैm असल नेता बन्न सक्यौं भने हामीले खराव मानिसलाई सिमित स्वार्थका लागि खराव मानिसलाई नेता छान्न अघि सर्ने छैनौं । नेता हुनु भनेको कुनै ठुलो सार्वजनिक पद धारण गर्नु मात्रै होइन । आप्mना लागि, समाजका लागि र देशका लागि ठिकबेठिक छुट्याएर निर्णय गर्न सक्नु आप्mनो नेता आपैm बन्नु हो । जबसम्म हामी आप्mनो नेता आपैm बन्न सकिरहेका हुदैनौं तबसम्म हामीलाई अरुले नै चलाउछन् र हामी अरुलाई बिना सोचविचार नेता मान्न तयार हुन्छौं अर्थात वाध्य हुन्छौं । त्यसैले अरुलाई नेता बनाउनुभन्दा पहिला आपैm नेता बन्ने प्रयास गरौं ।
2021-10-17 मा प्रकाशित
प्रतिकृया दिनुहोस्