कनकाईको एमाले वडाअधिवेशन , सवै वडामा सर्वसम्मत नेतृत्व चयन

2021-10-25 मा प्रकाशित

कनकाई,८ कात्तिक ÷नेकपा एमाले कनकाई नगरको वडाअधिवेशन सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रिय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका सबै वडाको अधिवेशनलाई भर्चुअलको माध्यमबाट एकैसाथ सम्बोधन गरेपछि सम्पन्न कनकाई नगरको वडाअधिवेशनबाट नगरका नौ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पार्टीको केन्द्रबाट आएको सर्कुलर अनुसार ३३ प्रतिशत महिलाको सहभागितामा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिव सहित प्रत्येक वडामा बढीमा ३१ सदस्यीय वडा कमिटी निर्माण भएको हो ।

यसरी सम्पन्न अधिवेशनबाट कनकाईको वडा नं. १ मा डिल्लीरमण भट्टराईको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन भएको छ । यसै गरी वडा नं.२ को अध्यक्षमा विष्णु गिरी , वडा नं.३ मा राजेन्द्र उप्रेती, वडा नं. ४ मा घनश्याम पौडेल, वडा नं. ५ मा चन्द्र पाठक, वडा नं.६ मा दिर्घ बहादुर थापा, वडा नं.७ मा देविप्रसाद भट्टराई, वडा नं.–८ मा टीका घिमिरे र वडा नं. ९ मा गोविन्द उप्रेतीको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत रुपमा चयन भएको वताइएको छ ।

वडाअधिवेशनसँगै लामो समयदेखी पार्टीलाई महत्वपूर्ण सहयोग गर्दै आएका हरेक वडाका जेष्ठ पार्टी सदस्यहरुलाई सम्मानपत्र सहित विशेष सम्मान समेत गरिएको छ । प्राप्त जानकारी अनुसार कनकाईको वडा नं.७ मा नेकपा एमालेका जेष्ठ सदस्य कौशिला खबास, शिवप्रसाद रिजाल र खड्गप्रसाद वास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी पार्टीको जिल्ला कमिटी सदस्य एवम् कनकाई नगरपालीकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सम्मान पत्रका साथ विशेष सम्मान गरेका थिए ।

पार्टीका वडाअध्यक्ष देवीप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न वडाअधिवेशनबाट भट्टराईकै नेतृत्वमा २५ सदस्यीय वडाकमिटी सर्वसम्मत रुपमा चयन भएको हो । अन्य सदस्य नवनिर्वाचित कमिटीको पहिलो वैठकले मनोनित गरी पूर्णता दिने बताइएको छ । कमिटीको उपाध्यक्षमा हरिलाल खवास, सचिवमा भविन्द्र तामाङ्, उपसचिवद्वयमा प्रेमप्रसाद उप्रेती र शान्ता अधिकारी निरौला सर्वसम्मत रुपमा चयन भएको बताइएको छ ।

वडाकमिटीका निवर्तमान सचिव भरत थपलियाको संचालन तथा सहसचिव खड्गप्रसाद तिम्सिनाले स्वागत गरेको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेल, कनकाई ७ का वडाअध्यक्ष लिलावहादुुर कन्दङ्वा, वडासदस्य प्रकाश शिवाकोटी, गिता चौहान, जिसस सदस्य माराङ् हास्दा, खड्ग कार्की(राजन), गोपाल शिवाकोटी, नेकपा एमालेका सदस्य तुलसी सुवेदी, निर्मला कार्की डोली, पत्रकार राम निरौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु