बाहुनडाँगी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आइतबार झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीका विभिन्न ६ वटा कार्यक्रममा सहभागी हुनुभयो ।
मेचीनगरमा निर्माण हुन लागेको प्रकृति पार्क, सामुदायिक हलमा जारी चित्रकला प्रदर्शनी, वडा कार्यालयमा हात्ती विज्ञहरुसँगको अन्तरक्रिया, झापाको पहिलो शहीद विश्वनाथ घिमिरेको शालीकमा माल्यपर्ण, शुभ चियाको स्थलगत अवलोकन तथा समुदाय स्तरमा हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण र मानव हात्ती सहअस्तित्वका लागि भू—परिधि स्तरमा समन्वय र सहकार्य एवम् अनुभव साटासाटलगायतका कार्यक्रममा मुख्यमन्त्री कार्की सहभागी हुनुभएको थियो ।
मानव हात्ती सहअस्तित्वको असल अभ्यास बुझ्न मुख्यमन्त्री कार्की बाहुनडाँगीको अवलोकन भ्रमणमा आईपुग्नुभएको मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो । पूर्वी पृतना हेड क्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ ९पिएच।डी।०, सशस्त्र प्रहरी बल नेपाल नं। १ बराहवाहिनी पकली सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजित, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक जयराज सापकोटा, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल अन्य सुरक्षाकर्मीसहित मुख्यमन्त्री कार्की बाहुनडाँगी आइपुग्नुभएको थियो ।
सवैभन्दा पहिला मुख्मन्त्री कार्की प्रकृति पार्क जानुभयो । त्यहाँ निर्माण गरिएको दुईवटा हात्तीको अवलोकन पश्चात हात्ती समस्याका बारेमा जानकारी लिनुभयो । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले मेचीनगरमा हात्तीले पुर्याएको धनजनको क्षतिदेखि हात्ती समस्या तथा यसक्षेत्रका मानिसले हात्तीका कारण भोग्नु परेको पीडाका बारेमा मुख्यमन्त्री कार्कीलाई सविस्तार सुनाउनुभयो । मुख्यमन्त्री कार्कीले सवै कुरा सुनेपछि प्रदेशवासीको जीउधनको सुरक्षा प्रदेश सरकारले लिने र यसक्षेत्रबाट प्रवेश गर्ने हात्तीलाई अवसरकारुपमा लिएर आर्थिक आर्जन गर्ने माध्यम बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले हात्ती हेर्न चाँहि बाहुनडाँगी नै पुग्नुपर्छ भन्ने अवस्था सिर्जना भयो भने हात्ती हेर्नकै लागि मानिस यहाँ आउने र त्यसबाट पर्यटन व्यवसाय फस्टाउने मुख्यमन्त्री कार्कीको भनाई थियो । ‘हाम्रा सन्तानले चित्रमा हात्ती हेर्थे, हात्तीको सँुड हुँदो रहेछ, खुट्टा ठुल्ठुला हुँदो रहेछन, शरीर पनि बडेमानको हुँदो रहेछ भनेर पढ्थे, अनि हात्ती यस्तो हुँदो रहेछ भनेर थाहा पाउथे’ मुख्यमन्त्री कार्कीले भन्नुभयो—‘कम से कम यहाँ आए भने प्रत्यक्ष हात्ती देख्न पाउने भए चिन्न पाउन भए ।’
हात्तीबाट सामुदायिक वनहरुले निक्कै आम्दानी गरेको भन्दैं उहाँले पर्यटन क्षेत्रको विकासका लागि हात्तीको धेरै महत्व पनि छ । विस्थापित हुन लागेका हात्तीलाई राज्यले संरक्षण गर्न उहाँले आग्रह गदैं हात्ती कुनै एउटा देशको मात्र नहुने स्पष्ट पार्नुभयो । ‘हात्तीसँग न त नागरिकता हुन्छ, नत रासन कार्ड यस कारण यी हात्ती कुनै एउटा देशका हुदैनन् ’उहाँले भन्नुभयो ‘अहिले अहिले जति हात्ती यो नाका भएर आउछन् ती सवै नेपालका हात्ती हुन् । मानिस कमाउन विदेश गए झै हाम्रा हात्ती पनि आसाम गएका हुन् बेला बेला घर फर्किएका हुन् । ’
‘जस्को जंगल उस्को मंगल’ भन्ने कोशी प्रदेश सरकारको स्पष्ट नीति भएको बताउँदैं उहाँले जंगल जस्को हो त्यसैलाई छाडी दिनुपर्नै , घर जस्को हो उस्ले नै लिनुपर्नेमा धारणा राख्नुभयो । बाटोको व्यवस्थापन गरेर करीडोर निर्माणका लागि आग्रह गदैं मुख्यमन्त्री कार्कीले आगामी माघदेखि झापाको बाुहनडाँगीदेखि उदयपुरको जोगीदहसम्म पैदल मार्फत हात्तीको वासस्थान, हात्ती हिड्ने बाटो, हात्तीले बीचमा खाना खाने ठाउँ हेर्ने र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने भन्ने विषयमा अध्ययन गर्न एउटा टोली हिड्ने र त्यसको नेतृत्व आफै ९मुख्यमन्त्री०ले गर्ने समेत बताउँनुभयो ।
जंगलका जनावरले खाने सवै खानेकुरा मान्छेले टिपेर ल्याईदिने गरेको र जंगलमा खाना नपाएपछि हात्तीलगायत अन्य जनावर गाउँ पस्ने मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नुभयो । अहिले जसरी जंगलबाट रुख काटेर ल्याउँन पाईर्दैन त्यसै गरी जंगलमा फलेका विभिन्न फलफूल टिप्न नपाउने स्पष्ट कानुन निर्माणको तयारीमा रहेको जानकारी गराउनुभयो । जेठको अन्तिमतिर असारको पहिलो सातातिर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार, सामुदायिक बन, विद्यालय, क्याम्पससहित सवैखाले शैक्षिक संस्थालगयात अन्य संघ संस्था मिलेर कोशी प्रदेशका सवै जिल्लामा एकै पटक विभिन्न जातका फलफूल रोप्ने अभियान शुरु गरिने समेत बताउनुभयो । उहाँका अनुसार ती फलफूल कसैले पनि टिपेर खान पाउँदैनन् । ‘अब जंगलमा फलेका फलफूल जताभावी टिप्न पाएर्दैन्’उहाँले भन्नुभयो —‘त्यसो गर्नेलाई तत्काल सुरक्षाकर्मी, वन, समुदायले पक्राउ गर्छन् ।’ हात्तीलगायत अन्य जंगली जनावर घर पसे मानिस रिसाउँने, अनि जनवारको बासस्थान जंगलमा मानिस पसे जनवार चाँहि किन नरिसाउने रु उहाँले प्रश्न गर्नुभयो ।
मुख्यमन्त्री कार्कीलाई हात्तीका विषय विज्ञहरु नेपालको पहिलो हात्तीमा पीएचडी गर्नुहुने डाक्टर नरेन्द्र प्रधान, राष्ट्रिय प्रकृति संरक्षण कोषका डाक्टर नरेश सुबेदी, डाक्टर कमल गैरे, डाक्टर अशोक रामले विविध विषयमा जानकारी गराउँनुभयो । सोहि क्रममा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले हात्ती संरक्षण, मानव—हात्ती द्वन्द न्यूनिकरण एवम् मानव हात्ती सहअस्तित्व सम्बन्धमा तयार पारिएको प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभयो । मुख्यमन्त्रीसहित कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले बाहुनडाँगीबासीसँग प्रत्यक्ष भलाकुसारी गर्नुभयो ।
बाहुनडाँगी सामुदायिक भवनमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापनका अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सिमित राख्न नहुने बताउनुभयो । मुख्यमन्त्री कार्कीले पढाइसंगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक औल्याउनुभयो । ‘विद्यार्थी भविष्यको कर्णदार हुन् । उनीहरूलाई पढाइसंगै आफ्नो क्षमता र रुचि अनुरूप चित्रकला, खेलकुद, गायन, नृत्य, कला साहित्यलगायत अन्य क्षेत्रमा समेत उत्प्रेरित गर्नुपर्छ ।’ मुख्यमनत्री कार्कीले भन्नुभयो । एटु आर्टको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं ४ र आदर्श युवा परिवारको सहयोगमा सञ्चालन भएको चित्रकला प्रदर्शनीमा मेचीनगर क्षेत्रका विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन मेचीनगर ४ का वडासदस्य पवन बराइलीले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस्