उखुको जुस बेचेर चलेको जीवन

2024-05-16 मा प्रकाशित

डम्बर बराल
बुट्टाबारी ।   बुट्टाबारी पश्चिम एउटा बृक्षको मुनि मानिसहहरु निक्कै भिड्भाड थियो । कोही अनरस खाइरहेका थिए, त कोही उखुको जुस, उखु पेल्नेलाई उखु पेल्न भ्याइ – नभ्याइ देखिन्थ्यो । भिड् देख्दा यस्तो लाग्थ्यो कुनै सानो बजार लागिररहेको छ । तर त्यो बजार थिएन । सडकमा यात्रा गर्ने यात्रुहरु शितल ताप्न त्यो छाहारीमा केही छिन् उभिएका थिए । उनीहरु गर्मीमा प्यास मेटाउन कोही उखुको रसमा त कोही अनारसमा झुम्मीएका थिए ।
यस रुखको छाहारीलाई बुट्टाबारीका सकेन् शाहले ८ वर्षदेखि आफनो कर्म थलो बनाएका छन् । हरेक विहान ७ बजेदेखि साँझसम्म उनी सोही रुखको छाहारीमा हुन्छन् । उनले सोही रुखको फेद्मा बसेर आफ्नो परिवारको गुजारा टार्दै आएका छन् । उनले हरेक दिन उखुको जुस बेचे रै ५ हजार सम्म कमाई गर्न भ्याएका छन् । शाहाले सबै खर्च कटाएर मासिक ४५ हजारसम्म बचत गर्ने गरेको सुनाए । गाउँबाट उखु किनेर ल्याउनु र जुस बनाएर बिक्री गर्नु उनको दैनिकी नै हो । सडकमा यात्रा गर्ने मात्र होइन उनकोमा उखुको जुस खान स्थानीयहरुको समेत बाक्लो भिड लाग्ने गर्दछ । हजारौं सडक यात्रीलाई उनले उखुको रस खुवाइ सकेका छन् ।


१५ वर्ष अघि भारतको बिहारबाट जीवन निर्वाहकोलागि नेपाल आएका सकेनले बुट्टाबारीलाई कर्म थलो बनाएका छन् । उनको परिवारमा श्रीमती र दुई छोरा मोहन कुमार र शोहन छन् । उनीहरुपनि बुवाको काममा सहयोग गर्दे आएका छन् । परिवारका सबै सदस्यको पालनपोषण भने सकेनकै जिम्मामा छ । रुखको फेदमा उनको ब्यवसाय निक्कै जमेको छ । तर अव भने उनको ब्यवसाय कमजोर हुने निश्चित छ । सरकारले काँकरभिट्टादेखि लौकही सम्म चारलेनको सडक विस्तार गर्ने भएपछि यतिखेर सडक किनाराका सबै रुखहरु ढल्दै छन् । सडक किनाराका धेरै रुख ढलिसकेका छन् केही रुखमात्र बाँकी छन् । उनले कर्मथलो बनाएको रुखको पनि आयु पनि अव धेरै दिन छैन । रुखको छाहारी नभएपछि यात्रुले पनि अव छाहारीमा बसेर जुस खान पाउने छनैनन् ।
‘आठ बर्षदेखि रामैसँग चलेको ब्यापार अव कमजो हुने भयो ।,’ सकेनका जेठा छोरा मोहन ले भने, ‘अव बुट्टाबारी चोकमा कोठा लिएर ब्यापार सुरु गछौं । सडक यात्री नै हाम्रा मुख्य ग्राहक थिए अव परिवार पाल्न धौ धौ पर्छ होला ।’
केही दिनदेखि गर्मी अत्यधिक बढ्न थालेपछि सडकमा यात्रागर्ने साइकील यात्री, मोटरसाइकल यात्रीहरुलाई निक्कै कष्ट हुन थालेको छ । गर्मी बढेसँगै सो रुखमा सितल ताप्न र जुस खानेको संख्या समेत अध्यधिक बढेको उनले सुनाए । सडक किनारामा भएका रुखहरु काटिएपछि सडकमा तापक्रम समेत अत्यधिक बढ्न थालेको छ । जुस खाँदै गरेको अवस्थामा भेटिएका बुट्टाबारीमा रमेश थारुले भने, ‘बाटामा भएका सबै रुख ढली सके बाटो हिडिसक्नु छैन । यो रुख पनि कतिदिनलाई हो त्यसपछि कहाँ गएर सितल ताप्ने ।’ उनी विकास विरोधी भने होइनन् तर सडक किनारामा रोपिएका वर्षौ पुराना रुखहरु ढाल्दा उनी दुःखी छन् । अब यति ठूला बट बृक्ष कहाँ देख्न पाइएला सडक त उराठ लाग्दो हुने भो उनले चिन्ता ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु