उदयपुरमा कोरोना अस्पताल बन्ने

2020-04-24 मा प्रकाशित

विराटनगर,१२ बैशाख । कोरोना भाइरस कोभिड–१९ संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन ।

अनुगमन सँगै मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिएका छन ।

संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्या लगायतका समग्र जिल्लाको अवस्थाका बारेमा मन्त्री घिमिरले बिहिबार सरोकारवालासँग छलफल गरेका गरेका छन ।

जिल्लाका विभिन्न ठाउँका ३ सय ७९ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामा कोरोना पुष्टि भईसकेको छ । जिल्ला कोरोना भाइरस कोभिड–१९ को संक्रमण संख्या २८ जना पुगेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडाई गर्दै आएको छ, भने संक्रमिति क्षेत्र पुर्ण सिल गरिएको छ ।

उक्त क्षेत्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । सर्वसाधरणलाई आउजाउमा पुर्ण रोक लगाएपछि जीवन यापनमा समेत असहज बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु