आयोजकलाई हराउँदै आदर्श युवा क्लब फाइनलमा

2025-02-28 मा प्रकाशित

नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगितामा आदर्श युवा क्लब बुद्धशान्ति फाइनल प्रवेश गरेको छ । आदर्शका कप्तान समेत रहेका विजय राईको एक गोलको मद्दतमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लबलाई हराएको थियो । खेलको ५८ औँ मिनेटमा आदर्शका सुजन मगरको पासमा कप्तान राईले गोल गरेका थिए ।
प्रतिष्पर्धात्मक खेलमा नकलबन्दाका अरुण मेचेको प्रहार आदर्शका रिजन रसाइलीले उत्कृष्ट सेभ गरेका थिए । आयोजकले खेलमा पकड बनाएपनि स्कोर गर्न नसक्दा पराजित बन्न पुग्यो ।
खेलको म्यान अफ दि म्याच आदर्श युवा क्लबका विजय राई घोषित भए । उनले नगद १ हजारसहित ट्रफी प्राप्त गरे । उपाधिका लागि शनिबार आदर्श युवा क्लब र धुलाबारी फुटबल क्लबबीच हुनेछ ।


मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्‌ । प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको छ भने दोश्रो पुरस्कार स्व। टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको छ । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि। रहेको छ भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका छन्‌रु ।
प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १ हजार, उत्कृष्ट गोलकिपरलाई ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टलाई २ हजार १ सय र सर्वाधिक गोलकर्तालाई २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु