फर्निचर तथा फर्निसिङ व्यवसायीको अधिवेशन सम्पन्न

2020-04-18 मा प्रकाशित

अर्जुनधारा ÷फर्निचर तथा फर्निसिङ व्यवसायी संघ अर्जुनधारा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले फर्निचर व्यवसायमा देखिएको समस्याहरुको राम्रोसँग पहिचान गरी समाधान गर्न नगरपालिकाले पहल गर्ने धारणा राखेका थिए ।

कार्यक्रममा फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य भगिरथ लुँइटेल, झापा अध्यक्ष चन्द्रप्रसाद गिरी, संस्थाका संस्थापक अध्यक्ष टेकबहादुर खजुम लगायतले फर्निचर ब्यवसायमा देखिएका समस्याका बारेमा बोलेका थिए ।

संघका उपाध्यक्ष जीवनकुमार राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य सचिव राकेश लुँइटेलले र कार्यक्रमको सञ्चालन संघ झापाका पूर्व सचिव छत्र कार्कीले गरेका थिए ।

अधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि राकेश लुँइटेलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु