बुद्धशान्तिमा बजार अनुगमन

2020-04-18 मा प्रकाशित

बुद्धशान्ति गाउँपालिकाले बुधबारे बजारको अनुगमन गरेको छ ।

व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा ग्यास छैन भन्दै बढी मुल्यमा बिक्रि गरेको, लुकाएको पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भूर्तेलले बताइन् । जनताको व्यापक गुनासो आएपछि बुधबारेका केही व्यापारीले जनतामा देखिएको कोरोना त्रासले भविश्यमा राम्रो कमाइ गर्न सकिन्छ भनेर ग्यास, खाद्य सामग्री लुकाएको र बढी मुल्यमा बिक्रि गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

शान्ति किराना पसल लगायतले ग्यास लुकाएको, पर्ने भन्दा बढीमा विक्रि वितरण गर्दै आएको तथा मिति गुज्रिएको सामग्री बिक्रि गरेको, लक्ष्मी भाँडा पसल लगायतका केही पसलले ग्यास बढी मुल्यमा बिक्रि गरेको पाइएको उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्तिका अध्यक्ष धरणी पोखरेलले बताएका छन् ।

स्टक नदेखाउन व्यापारीले नक्कली ग्राहक बनाएर पनि ग्यास लुकाएको पाइएको छ । ग्यासको कृतिम अभाव सृजना गर्न डिलरले नै ग्यास नदिएको पाइएको झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्तिका अध्यक्ष रुद्र चापागाईले बताए ।अनुगमनका क्रममा केही व्यापारीले देशमा हुन सक्ने संकटबाट बढी कमाउन सकिन्छ भनेर उपभोग्य सामग्री लुकाएको र कमाउने बहानामा बढी मुल्य असुलेको देखिएको बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्यालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु