युवा संघले दियो कनकाई नगरको अक्सिजन प्लान्टको लागि ६ लाख ४८ हजार

2021-06-12 मा प्रकाशित

कनकाई, २९ जेठ ÷ झापाको कनकाई नगरमा स्थापना हुन लागेको अक्सिजन प्लान्ट निर्माणकालागि अभियान संचालन गरेको राष्ट्रिय युवा संघ नेपाल, कनकाई नगर कमिटीले सहयोग रकम हस्तान्तरण गरेको छ ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई युवा संघले ६ लाख ४८ हजार १ सय २५ रुपैंया सहयोग रकम हस्तान्तरण गरेको हो ।

कोरोना कहरका विच स्थानीय सरकार कनकाई नगरपालिकाले निर्माण गर्न लागेको अक्सिजन प्लान्टकालागि नगरपालिकालाई सहयोग गर्ने उद्येश्यले विभिन्न दाताहरुबाट संकलन गरिएको सहयोग रकम युवा संघले कनकाई नगर प्रमुख पोखरेललाई हस्तान्तरण गरेको हो ।

“दिगो समस्या समाधान नै भोलिको दिगो विकासको पुर्वाधार” भन्ने नाराका साथ अभियान संचालन गरेको युवा संघले नेकपा एमाले कनकाई नगरका अध्यक्ष रविन्द्र लम्सालको समन्वयमा स्वदेश तथा विदेशमा रहेका दाताहरुबाट प्राप्त सहयोग रकम स्थानीय सरकारलाई एक मुष्ट रुपमा हस्तान्तरण गरिएको युवा संघ कनकाईका सचिव केशव शिवाकोटीले जानकारी दिएका छन् ।

युवा संघ कनकाईका अध्यक्ष विश्वविजय खरेल, पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई नगरका सचिव विनोद रानामगर, युवा संघका अगुवा कार्यकर्ता सहित दताहरुको उपस्थितीमा कनकाई नगरपालिकामै गएर सहयोग रकम हस्तान्तरण गरेको बताइएको छ ।

दाताहरुको पहिचान गरी सहयोग रकम संकलन गर्ने कार्यलाई अझै निरन्तरता दिँदै जाने युवा संघका नगर अध्यक्ष विश्वविजय खरेलले जानकारी दिए । युवा संघले कोटीहोमस्थित पिसिआर परिक्षण ल्याब परिसरको संचालन तथा व्यवस्थापनमा समेत चासो राख्दै सो क्षेत्रको सरसफाई समेत गरेको छ ।

अक्सिजन प्लान्ट निर्माणकालागि यस अघि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफ्नो तीन वर्षको पारिश्रमिक १० लाख रुपैंयाँ जम्मा गरेपछि अक्सिजन प्लान्ट निर्माणकालागि स्वदेश तथा विदेशमा समेत रहेका दाताहरुबाट सहयोग रकम तिब्र गतिमा संकलन भइरहेको बताइएको छ । अक्सिजन प्लान्ट निर्माणकालागि प्रस्तावित नगर अस्पतालमा चाँडै शिलान्यास गर्ने गरी योजना भइरहेको कनकाई नगर प्रमुख पोखरेलले जानकारी दिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु