एनएमसीको ४२ औं शाखा भृकुटीमा

2021-06-15 मा प्रकाशित

मेचीनगर,१ असार । नेपाल बहउद्देश्यीय सहकारी संस्था लिमिटेड ९एनएमसी० ले मेचीनगर–२ स्थित भृकुटीमा शाखा विस्तार गरेको छ ।

एनएमसीको ४२ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटी शाखाको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता बाहुण्डाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले स्वागत मन्तव्य राखेको उद्घाटन कार्यक्रममा विशेष अतिथि संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन मेचीनगर क्षेत्रीय कार्यालय प्रमुख अरुणकुमार प्रधानले गरेका थिए ।उद्घाटन भएसँगै शाखाले मंगलबारबाटै आफ्नो कारोबार सुरु गरेको छ ।

संस्थाले यो बर्षबाट आफ्नो सेवा क्षेत्रलाई झापासँगै छिमेकी जिल्लाहरु इलाम र मोरङमा समेत विस्तार गरेको छ ।वि।सं। २०५० सालमा स्थापना भएको सहकारीको हाल १ लाखबढी सेयर सदस्य रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु