मेचीनगरमा एक ब्यक्ति मारिएको अवस्थामा फेला

2021-06-17 मा प्रकाशित

मेचीनगर, ३असार । झापाको मेचीनगर नगरपालिकामा एक व्यक्ति मृत फेला परेका छन् ।

मेचीनगर ५ स्थित अधेरीका ४० बर्षिय अजय लिङ्देन मृत अवस्थामा फेला परेका हुन् । उनलाई मेचीनगर ५ स्थित अधेरीको ईट्टाभट्टा छेउमा खुट्टामा लगाउने ब्याण्डिसले घाटीमा बाधेर मारेको अवस्थामा बुधवार राति भेटिएको स्थानियले बताए ।

घटनाको खबर पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेको थियो । प्रहरीले हत्या आरोपमा शुक्रराजलाई रातिनै पक्राउ गरेको थियो ।

आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको अभियुक्त शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।शबलाई पोस्टमार्टम जाँचका लागि मेची अस्पताल लगिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु