युवा लक्षित कार्यक्रम ल्याउन युवा संघको माग

2021-06-20 मा प्रकाशित

मेचीनगर, असार ६ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटिले आइतबार नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएको छ ।

नगर प्रमुख विमल आचार्यको कार्यकक्षमै पुगेर नगर प्रमुख एवम् उपप्रमुख मीना उप्रेतीसमक्ष नगरको बजेटमा युवा लक्षित कार्यक्रम ल्याउनको लागि ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्रमा अबको बजेटमा सबै तह र तप्काका नगरका युवाहरूलाई लक्षीत गरी बजेट विनियोजन गर्न भन्दै १६ वुँदे माग राखेका हुन् ।

युवासंघले लोपोन्मुख शिप र पेशालाई प्रवद्र्धन गर्नका लागि युवाहरूलाई तालिम र शिप विकासको कार्यक्रम सञ्चालन गर्न, सूचना प्रविधिमा युवाहरूको पहुँच वृद्वि गर्नका लागि नगर स्तरीय युवा आइटि पार्कस्थापना तथा सञ्चालन गर्न, वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई उनीहरूको शिप र दक्षतालाई स्वदेशमै प्रयोग गरी आत्मनिर्भर बनाउन, युवाहरूलाई व्यवसायिक कृषि नगरको उत्पादन वृद्दि भन्ने नारा तय गरी व्यवसायिक गाई पालन, बंगुर पालन, मौरीपालन, कुखुरापालन, तरकारी खेतीलगायतका व्यवसायमा युवाहरूलाई प्राथमिकता दिनुपर्नेलगायतका माग राखेका छन् ।

नगर प्रमुख आचार्यले ज्ञापनपत्र बुझ्दै भने, युवाहरूको धेरै मागहरू हामीले समेटि रहेको र बाँकी रहेका मागहरू यसपालिको बजेटमा समेटेर लैजाने बताए ।

कार्यक्रममा नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, राष्ट्रिय युवासंघ नेपालका जिल्ला सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज नारायण खनाल, जिल्ला सदस्य तथा मेचिनगर इन्चार्ज सञ्जय मेचे, जिल्ला सदस्य रबिन ओझा, युवासंघ मेचीनगरका १५ वटै वडाका सचिव तथा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु