मन्त्री यादवले गरे पेट्रोलियम पाइपलाइन परियोजनाको निरीक्षण

2021-06-20 मा प्रकाशित

झापा, ६ असार । सङ्घीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले सिलिगुढी झापा पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आइतबार निरीक्षण गरेका छन् ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै ९क्रस बोर्डर० पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनियरिङ सर्भे सकेको छ । उनले भण्डारण गृह निर्माणस्थलको निरीक्षण पछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवको योजना भएको बताए ।

उनले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलगुडीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विछ्याउने परियोजना जीटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले सरकारले पहल गरिरहेको बताए ।

उनले पाइपलाइनको माध्यमद्घारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन सुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासी समेत रोकिने बताए ।

उनले भने, “विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, साथै पारदर्शीता र सुशासन कायम गर्न बल पुर्याउँछ ।”

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सुरु भएको दुई बर्षभित्रमा प्रोजेक्ट सकिने बताए ।

परियोजना निर्माणका लागि भारतीय मूल्य रु। सात अर्ब २ करोड लागत लाग्ने उनले बताए । मेचीनगर नगरपालिका १३ मा रहेको निगमको २३ विघा जमिनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नम्बर १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उनको भनाई छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु