घाइते गिरीको शल्यक्रिया सफल भयो

2021-06-21 मा प्रकाशित

डम्बर बराल
मेचीनगर, ७ असार । शुक्रबार साँझ पुलबाट लडेर गम्भीर घाइते भएका मेचीनगर–५ स्थित घैलाडुब्बाका २७ बर्षीय सन्तोष गिरीको आर्थिक अभावका बीच आइतबार सल्यक्रिया गरिएको छ । पुलबाट लड्दा उनको पिसाब थैैली फुटेको थियो । गिरीको आइतबार विर्तासिटी अस्पतालका डा. शम्भुनवलको टोलीले दुईघण्टा लगाएर अप्रेसन गरेको स्वास्थ्य कर्मी राम मगरले जानकारी दिए । गिरीको ५ बजे अप्रेसन सफल भएको थियो । गिरीको आर्थिक अवस्था अत्यन्त कमजो रहेकोले उपचारमा आर्थिक सहयोग गरिदिनुहुन उनले सवै सँग अनुरोध गरेका छन् । पुलबाट लडेका गिरीलाई तत्त्काल परिवार तथा छिमेकीले उद्धार गरी स्थानीय क्लिनिकमा लगेका थिए ।
उनको अवस्था झन जटिल बनेपछि धुलावारी स्थित आम्दा मेची अस्पताल लगिएको थियो । तर, त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

हात मुख जोर्नसमेत धौधौ पर्ने उनको परिवार अहिले अस्पतालले भने बमोजिमको रकम जुटाउन सकेका छैनन् । ‘हामीसँग एक रुपैयाँ पैसा छैन्, विरामी सन्तोषकी आमाले भनिन्– ‘कसैले सहयोग गरे मेरो छोरो बाँच्ने थियो ।’
उनकी आमा घर गाउँमा लुगा कपडा धुने र भाडा माझ्ने काम गर्छिन् । गिरीका एक श्रीमती र दुई छोराहरु छन् । ज्याला मजदुरी गरेर गुजारा चलाउने उनको परिवार यति बेला गम्भीर संकटमा छ । सुरुमा प्राथमिक उपचारनै गर्न नसक्ने अवस्थाका गिरीलाई स्थानीय निशा फार्मेशीका सञ्चालक राम मगरको पहलमा अस्पतालसम्म पुर्याइएको थियो ।

गिरीको उपचारमा तत्काल मेची अभियानका संयोजक विजय डालमियाले समन्वय गरेका थिए । गिरीको मेजर शल्यक्रिया गर्नुपरेकाले मानवीय भावनाले सहयोग गर्न र उनको जीवन बचाउँन फार्मेशी सञ्चालक मगर र परिवारले सबैलाई आग्रह गरेका छन् । उता गिरीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले पातालगंंगा युवा समूहले आर्थिक संकलनलाई तीब्रता दिएको र हाल सम्म ३० हजार सहयोग संकलन भएको समुहका अध्यक्ष राजु तामाङले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु