मन्त्री झालाई कालो झण्डा देखाउने तीनजना पक्राउ

2021-06-22 मा प्रकाशित

रौतहट, ८ असार। खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई कालो झण्डा देखाउने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा(५ का विजय यादव र दिपेन्द्र यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेले बताए ।

रौतहट क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद नेता झा मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै केही युवा समूहले उनलाई कालो झण्डा देखाएर विरोध गरेको थियो ।दुई धारमा बाडिएका मधेशवादी दलको उपेन्द्र यादव पक्षले सरकारमा गएका महन्थ ठाकुर पक्षको विरोध गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु