संघको साधारणसभा स्थगित

2020-04-18 मा प्रकाशित

विर्तामोड / निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित भएको छ ।

नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रबार र शनिबारलाईतय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी दिए ।

संघका अध्यक्ष मिलन वस्नेतको अध्यक्षतामा हालैबसेको कार्यसमितिको आकस्मिक बैठकले साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरेको थियो ।यो चुनावी साधारणसभा पनि भएकोले ७ गते साधारणसभाको उद्घाटन र ८ गते नयाँ कार्यसमिति चयनका लागि चुनावी कार्यक्रम तय गरिएको थियो ।

संघले साधारणसभा सफल बनाउन मूल समारोह समितिलगायत विभिन्न उपसमितिसमेत गठन गरेको थियो भने प्रमुख अतिथिका रुपमा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह आउने निश्चत भएको थियो । अहिलेको समय प्रतिकूल भएको र पूरै देश कोरोनाको जोखिम नियन्त्रण गर्न जुटेको बेला निर्माण व्यवसायीहरु पनि कारोनाविरुद्धको अभियानमा जुट्न थालेको बताउँदै अध्यक्ष वस्नेतले सबै तयारी पूरा भए पनि साधारणसभा तत्कालका लागि स्थगित गरिएको बताए ।संघमा हाल झण्डै २५० सदस्य रहेको संघका कार्यालय सचिव ज्योति पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु