मेची अभियान द्वारा झापाका स्थानिय तहलाई १२ अक्सिजन कन्सन्ट्रेटर प्रदान

2021-06-23 मा प्रकाशित

मेचीनगर,९ असार । मेची अभियानले कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ९डिसिसिएमसी० झापालाई करीब २८ लाख रुपैया मुल्य बराबरको १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई अभियानका संयोजक डालमियासहितको टोलीले १२ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका थिए ।उक्त सामग्री गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले उपलब्ध गराएको अभियानका संयोजक विजय डालमियाँले जानकारी दिए ।

मेची अभियानलाई गैर आवासीय नेपाली संघले प्रति गोटा करीब २ लाख ३० हजार मुल्य पर्ने २० वटा कन्सन्ट्रेटर उपलब्ध गराएको र झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा समेत बितरण गरिने संयोजक डालमियाले बताए ।

डिसिसिएमसीमार्फत झापाका १२ वटा पालिकालाई एकरएक वटाका दरले अक्सिजन कन्सन्ट्रेटर बितरण गरिने प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए । कोरोना महामारीसहित दीर्घ कालिनरुपमा काम लाग्ने महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै प्रजिअ तिमिल्सिनाले मेची अभियानलाई आभारसमेत प्रकट गरेका थिए ।

अभियानले उपलब्ध गराएको अक्सिजन कन्सन्ट्रेटरसहित अन्य स्वास्थ्य सामग्रीका बारेमा अभियानका सचिवालय संयोजक पुष्पराज पौडेलले जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी झापाका अध्यक्ष लोकराज ढकाल, झापाका प्रहरी प्रमुख सानुराम भट्टराई, शसस्त्र प्रहरीका एसपी रमेश पाण्डे, अभियानका सदस्यहरु प्रकाश भण्डारी, ओमप्रकाश खापुङ र सविना बजगाइ लगायतको उपस्थिति रहेको रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु