सचेत युवा समुह द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो पिडितलाई सहयोग

2021-06-23 मा प्रकाशित

मेचीनगर, ९ असार। मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ ।

सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न ।३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ ।

समुहले बाढी पहिरो पिडितलाई कुकुर, कराइ, थाल, पनिउ, डाडु, बटुका,चम्चा, सानो बोललगायतका सामग्री वितरण गरेको विनम सरदारले जानकारी दिए ।सञ्चारकर्मी तथा विद्यार्थी नेता मिलन राई, विनम सरदार, सन्तोष धमला, आशिष पौडेललगायतको टोलीले हेलम्बु गाउँपालिका ३ मै पुगेर राहत वितरण गरेको हो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु