प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने

2021-06-25 मा प्रकाशित

मेचीनगर, ११ असार ÷ मेचीनगरका क्रियाशील पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरको भवन निर्माण हुने भएको छ । मेचीनगरपालिकाले आगामी आर्थिक बर्ष ०७८÷०७९ को बजेटमा प्रेस क्लब मेचीनगरको भवन निर्माणको लागि १२ लाख रुपैयाँ विनियोजन गरे पछि भवन बन्ने निश्चित भएको हो ।
केही दिनअघि क्लबले भवन निर्माणका लागि रकम विनियोजनका लागि नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझालाई भेटेर त्यस विषयमा छलफल गरेको थियो । बजेट विनियोजन पछि प्रेस क्लवले जग्गा व्यवस्थापनको लागि पहल थालेको र केही दिनमा जग्गाको व्यवस्थापन गरेर भवन निर्माणको काम थालिने क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए ।

यसैगरी नगरपालिकाले नगर बुलेटिन प्रकासनका लागि ६ लाख, रोडियो कार्यक्रमका लागि ६ लाख, टेलिभिजन कार्यक्रमका लागि ४ लाख, दैनिक तथा साप्ताहिक पत्रपत्रिकाका लागि प्रकाशन सहयोग कार्यक्रम अन्तर्गत ३ लाख, अनलाईनका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यसैगरी, नेपाल पत्रकार महासंघको साझेदारीमा पत्रकारिता छात्रवृत्ति तथा तालिम कार्यक्रमका लागि २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु