सामुदायिक पोष्ट हार्भेष्टले गर्यो सार्वजनिक सुनुवाई

2021-06-29 मा प्रकाशित

मेचीनगर । मेचीनगर –५ स्थित सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्र ले नयाँ ब्लक विकास कार्यक्रम सम्पन्न गरेको छ ।
सेवा केन्द्रले कार्यक्रम सम्पन्न गरेसँगै  सार्वजनिक सुनुवाई गर्दै ३५ लाख ८५ हजारको आय व्यय प्रस्तुत गरेको थियो । सामुदायिक पोष्ट हार्भेष्ट सेवाकेन्द्रका सदस्य सचिव दीपक काफ्लेले विभिन्न शिर्षकमा भएको खर्च तथा आम्दानीको विवरण प्रस्तुत गरेका थिए । यस कार्यक्रम अन्र्तगत पोष्ट हार्भेष्टलाई भेन खरिदको लागि कृषि ज्ञान केन्द्रबाट २५ लाख रुपैैँया अनुदान प्राप्त भएको थियो ।


सार्वजनिक सुनुवार्ई कार्र्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि आचार्यले मेचीनगरपालिकाले कृषि मा ठूलो रकम विनियोजन गर्दै आएपनि त्यो पर्याप्त हुन नसकेको ले आगामी आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखिएको बताए । कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले प्रमुख अतिथि आचार्यलाई भेनको चावी हस्तान्तरण गरेका थिए । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि आचार्र्यले र विशेष अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेतीले सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्र्रका संयोजक दुर्गा सापकोटालाई चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण पछि ज्ञान केन्द्रका प्रमुख सिंहले सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तरगत ठूलो रकम कृषि क्षेत्रमा खर्चि रहेको बताउँदै व्यवसायिक कृषि उत्पादनमा लाग्न जोड दिए । उनले ज्ञान केन्द्रले उपलव्ध गराएको भेनको सहि सदुपयोग गर्न समेत आग्ह गरे । सो अवसरमा विषेश अतिथि उपप्रमुख मीना उप्रेती , मेचीनगर ५ का वडाध्क्ष योगेन्द्र थापा मगर , वडानम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल लगायतले पोष्ट हार्भेष्टले बिउबिजन को क्षेत्रमा विश्वश्नीय सेवा प्रदान गर्दैै आएको बताए । कार्यक्रममा मेचीकृषिक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीले पोष्ट हार्भेष्टले विउविजनको क्षेत्रमा देशमै छुट्टै ब्राण्ड स्थापना गर्न सफल भएको बताए । उनले हरेक वर्ष ५ सय मेट्रीकटन धानको विउ प्रदेश १ र दुईमा विक्रि भइरहेको जानकारी दिए । सह संयोजक सूर्य अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य सचिव दीपक काफ्लेले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु