गोर्खा फाउण्डेसन द्वारा मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर प्रदान

2021-07-02 मा प्रकाशित

मेचीनगर, १८ असार । गोर्खा मेमोरियल फाउण्डेसन युकेले मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
शुक्रबार गोर्खा मेमोरियल फाउण्डेसन यूकेले छ लाख ४ हजार रुपैयाँ बराबरको ३० वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगरप्रमुख विमल आचार्यलाई सो रकम बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा नगरप्रमुख आचायले गोर्खा मेमोरियल फाउण्डेसन यूकेका अध्यक्ष धनकिरण गुरुङ, नेपाल शाखाका सम्पूर्ण टिमलाई सहयोगका लागि धन्यवाद दिएका थिए ।

फाउन्डेसनका नेपाल शाखाका अध्यक्ष गुरूङले कोभिडको समयमा मेचीनगरबासीका लागि यो सेनो सहयोग गर्न पाउदा खुशी लागेको बताए । यस्ता प्रकारका सहयोगहरु आगामी दिनमा पनि रहेने उनले बताए । फाउन्डेसनले यसअघि पनि मेचीनगरको शिक्षा, स्वास्थ्य लगायतमा सहयोग गरिरहेको छ । कार्यक्रमको सञ्चालन फाउन्डेसन नेपाल शाखाका सदस्य सन्तोष आचार्यले गरेको थिए ।

मेचीनगर नगरपालिकामा यसअघि विभिन्न दातृ निकायले दिएको र नगर आफैंले खरिद गरेको असिक्जन सिलिण्डरको संख्या ९० भन्दाबढी पुगेको छ । नगरभित्र रहेका अस्पताल र स्वास्थ्य चौकीलाई आवश्यकता अनुसार प्राप्त भएका अक्सिजन सिलिण्डर वितरण गरिने नगरपालिकाले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु