सुकेनिन्दा खोलामा फड्के पुल निर्माण हुने

2021-07-02 मा प्रकाशित

मेचीनगर । मेचीनगर(३ स्थित पहलेधाप र हिन्दुगढ बीचको सुकेनिन्दा खोलामा फड्के पुलनिर्माण हुने भएको छ । पुल निर्माणको लागि निर्माणका लागि प्रदेश सांसद श्रीप्रसाद मैनालीले ५० हजार रुपैयाँ सहयोग गर्ने भएपछि स्थानीयले पुल निर्माण गर्ने भएका हुन् ।

सांसद् मैनालीले मेचीनगर(३ स्थित तेलपानी खोलाको पैनी, सेँलेङ्टार, बौद्धमोड पश्चिमको पैनीसँगै त्यस क्षेत्रको समस्या र तत्काल गर्नसक्ने प्रस्तावित योजनासँगै कार्यान्वयनको विषयमा अनुगमन गरेका छन् ।

सांसद मैनालीले स्थानीय जनप्रतिनिधि र आम नागरिकसँग छलफल गरेपछि तत्काल हुने र दिर्घकालीन रुपमा गरिने विकास निर्माणमा लाग्ने बचन दिएको नेकपा एमाले मेचीनगर कमिटी अध्यक्ष राजु पोखरेलले बताए ।

वर्षाँ देखि स्थानीयवासीले सुकेनिन्दा खोलामा पुल नभएर पीडा भोग्दै आएको गुनासो गरेपछि तत्काल फड्के पुल निर्माणका लागि सांसद् मैनालीले ५० हजार दिने घोषणा गरेका हुन् । उक्त क्षेत्रमा दीर्घकालीन व्यवस्थापनका लागि झोलुंगे पुल निर्माण गर्न पहल गर्ने पनि वचन उनले दिएका छन् । त्यहाँ पुल बनेपछि सयौँ घर परिवारलाई आउजाउ गर्न सहज हुनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु