उद्योगपति पर्शुराम अग्रवालको निधन

2021-07-08 मा प्रकाशित

झापा, २४ असार । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति पर्शुराम अग्रवालको ६२ वर्षको उमेरमा निधन भएको छ ।

उनको भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङ होममा बुधबार राति निधन भएको हो ।

जेठ ३१ गते अग्रवाललाई कोरोना संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि उनलाई असार ४ गते सिलिगुडी लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

२०१६ सालमा जन्मिएका अग्रवाल भद्रपुरमै बसेर व्यापार व्यवसायमा सञ्चालन गर्दै आएका थिए ।

सुरुमा घरमै घडी बिडीको उद्योग स्थापना गरेका उनले पछिल्लो समय जिल्लामा ठूलठूला उद्योग धन्दा सञ्चालन गर्दै आएका छन्।

अग्रवाल झापा उद्योग वाणिज्य संघमा दुई कार्यकाल अध्यक्ष भएका थिए ।

मोहपाल धर्मशालामा समाजसेवा ट्रस्ट, भद्रपुर मारवाडी संघ, भद्रपुर गौशाला, विभिन्न मठमन्दिर बनाउन ठूलो योगदान छ ।

अग्रवालको अगुवाइमा मनसा सिमेन्ट उद्योग, मगमग चाउचाउ, ग्यालेक्सी इन्टरनेशनल स्कुल, गुट्खा उद्योग, घडी बिडी उद्योग, होटेल, सिनेमा हल लगायतका उद्योग ,होटल र शैक्षिक संस्था सञ्चालनमा छन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु