नगर सभा सम्पन्न, फ्रन्टलाइनर र नगरप्रतिभाहरु सम्मानित , बजेट कार्यान्वयनमा लाग्न नगरप्रमुख आचार्यको जोड

2021-07-09 मा प्रकाशित

डम्बर बराल
मेचीनगर,२५असार । मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले आठौ नगर सभाबाट पारित सवै योजना आर्थिक वर्ष २०७८ । ०७९मा कार्यान्वयन हुने विस्वास व्यक्त गरेका छन् । शुक्रवार मेचीनगरपालिकाको सम्पन्न नगर सभाबैठकमा उनले सो कुरा बताएका हुन् ।
असार १० गतेबाट सुरु भएको नगर सभा बैठक शुक्रवार सम्पन्न भएको छ । नगर प्रमुख आचार्यको सभापतित्व रहेको कार्यक्रममा नगरप्रमुख आचार्यले बजेट कार्यान्वयनमा लाग्न सवैलाई अनुरोध समेत गरेका छन् ।
सो अवसरमा नगरपालिकाले विभिन्न क्षेत्रमा रहेर कोभिड महामारीमा जनताको स्वास्थ्यमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुर्याएको भन्दै जनप्रतिनिधि , स्वास्थ्य कर्मी , नगरपालिकाका कर्मचारी , तथा खेलाडीहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाले कोभिड नियन्त्रण तथा रोकथामका लागि गठन गरेको कोभिड नियन्त्रण कार्यदलको सचिवालयको संयोजकको रुपमा रही पिसिआर परीक्षण , संक्रमितको उपचार र कोभिड नियन्त्रण संग सम्वन्धित निकायसँग समन्वको क्षेत्रमा व्यवस्थापकीय भूमिक निर्वाह गरी महत्वपूर्ण भूमिका निर्वा गरेको भन्दै वडानम्बर ४ का अध्यक्ष नवीन बराललाई सम्मान गरेको छ ।

त्यसैगरी धाइजन आइसोलेशन संचालनमा व्यवस्थापकीय भूमिका निर्वाह गरेको भन्दै मेचीनगर ११का अध्यक्ष सन्तोष कुमार मेचेलाई सम्मान गरेको छ । त्यैसैगरी नगरपालिकाले नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीलाई वर्ष उत्कृष्ठ कर्मचारी सम्मान गरेको छ । २०५७ सालदेखि अधिकृत स्तरको कर्मचारीको रुपमा रहेर कार्यसम्पादनमान महत्वपूर्ण भूमिका नर्विाह गरेको भन्दै नगरले वरिष्ठ प्रशासकीय अधिकृत वस्तीलाई नगद २५ हजार सहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरी सम्मान गरेको हो । त्यसैगरी मरोणापरान्त सम्मान वडानम्बर ७ का वडाध्यक्ष चन्दन मेचेलाई प्रदान गरिएको थियो । उहाँको सम्मान स्वर्गीय मेचेको पत्नीले ग्रहण गरेकी थिइन् । त्यसैगरी नगरपालिकाले कोभिड महामारीमा अग्रपंतिमा रहेर नागरिकको स्वास्थ्य सुरक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै स्वास्थ्य कर्मीहरु तालबहादुर खड्का , लेखनाथ खतिवडा , गोमा कोइराला, रामप्रसाद अधिकारी , सुस्मा कार्की, कोभिड फोकल पर्सन सविता सापकोटा, ल्याव टेक्निसियनहरु धनकुमार राई, कमला राजवंशी तथा कोभिड आइसोलेसनमा कार्यरत डाक्टर अमृत सापकोटा र डाक्टर रोशन आचार्यसहित स्वास्थ्यकर्मीहरु, दीवाकर पौडेल, हरि देवकोटा लगायतलाई सम्मान गरेको छ । त्यसै गरी कोभिड महामारीमा सहयोग गरेको भन्दै मेचीनगरमा रहेका विभिन्न राजनीतिक दल तथा संघ संस्थालाई समेत सम्मान गरेको छ । नगरपालिकाले नेकपा एमाले मेचीनगर, नेपाली काँग्रेस, माओवादी , राप्रपा मेचीनगर , जनता समाजवादी पार्टी लाई सम्मान गरेको छ ।


यसैगरी, इलाका प्रहरी कार्यालय काँकरभिट्टा, धुलावारी र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टालाई समेत कोभिड संक्रमण नियन्त्रण र रोकथाममा योगदान पुर्याएको भन्दैं सम्मान पत्र प्रदान गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनील दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले सम्मान पत्र ग्रहण गरेका थिए ।त्यसैगरी मेची उद्योग वाणिज्य संघ , गोर्खा मेमोरीयल फाउण्डेसन, मेची अभियान , के एच डि सी कार्यक्रम , रोटरी क्लव काँकरभिट्टा, रोटरी क्लव मेचीनगर,श्री सत्य साई सेवा संगठन नेपाल प्रदेश १ क ,बाहुण्डाँगी सामुदायिक सेवा संघलगायतलाई सम्मान गरेको छ । मेचीनगर स्थायी बसोवास भई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक दिलाउन सफल व्याडमिन्टन राष्ट्रिय खेलाडी अमिता गिरी, क्रिकेटतर्फ रुविना क्षेत्री, रोमा थापा,काज श्रेष्ठ र अप्सरी वेगम समेत लाई नगरपालिकाले सम्मान गरेको छ ।

करातेतर्फका क्रमस थापा, अस्मिता मल्लिक, सन्ध्या ठटाल, विक्रम मल्लिक,निश्चल शिवाकोटी र अभिशेक दवाडी फुटबलतर्फ पुजन उपरकोटी र टेनिसतर्फ इरा राउत, प्रनव खनाललाई नगरले सम्मान गरेको छ । नगरपालिकाले क्रिकेटका प्रशिक्षक वीरु श्रेष्ठ र भलिवलका प्रशिक्षक गणेशविक्रम नेम्वाङलाई समेत सम्मान गरेको थियो । कार्यक्रममा नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु पोख्रेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति मणिकुमार उप्रेती , राप्रका सुशिल आचार्य , जनता समाजवादीका नगर अध्यक्ष ओम प्रकाश खापुङ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख प्रहरी नायव उपरिक्षक सुनील दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट वीओपी काँकरभिट्टाका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राईले लगायतको उपस्थिति रहेको थियो । उप्रमुख मीना पोख्रेल उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु