होटल व्यवसायी संघ मेचीनगरद्वारा डस्वीन वितरण

2021-07-10 मा प्रकाशित

काँकरभिट्टा, २६ असार । होटल व्यवसायी संघ मेचीनगरले फलामको स्टेनसहितको २२ वटा डस्वीन वितरण गरेको छ ।
शनिवार एक कार्यक्रमको आयोजना गरेर काँकरभिट्टाका होटलहरुलाई उक्त डस्वीन वितरण गरेको हो ।

होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङलाई उक्त डस्वीन हस्तान्तरण गरेका थिए ।
उक्त डस्वीन वडाध्यक्ष तामाङले होटल व्यवसायीहरुलाई वितरण गरेका थिए । कार्यक्रममा वडाध्यक्ष तामाङ, अध्यक्ष श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका केन्द्रिय सचिव राजु अधिकारी, एमाले नेता डिल्लीराम घिमिरे, माओवादी केन्द्रका नेता ज्ञानेन्द्र घिमिरे, ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की ९नेत्र०, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी सुनिसिंह दाहाल, सशस्त्र प्रहरी विओपीका प्रमुख प्रेम राई, होटल व्यवसायी संघका कोभिड संयोजक ध्रुब गिरी लगायतको उपस्थिति रहेको थियो ।

संघले भिजिट नेपाल २०२० का बेला सरसफाइका लागि स्थानीय संघ–संस्थाहरुबाट संकलन गरेको ५४ हजार रुपैयाँ रहेको बताएको छ । सोहि रकमबाट गतवर्ष लकडाउनका बेला १५ वटा र यसपटक फलामको स्टेनसहितको २२ वटा डस्वीन वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघका सचिव हस्त तामाङले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु