फेरि ब्युँतियो संसद, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

2021-07-12 मा प्रकाशित

झापा, २८असार । प्रधानमन्त्रि केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटनलाई सर्बोच्च अदालतले उल्टाइदिएको छ । सर्बोच्चले संसद बिघटन गर्ने प्रधानमन्त्रिको सिफारिसलाई असंवैधानिक ठहर गर्दै बदर गरिदिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । त्यसघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गर्नु भएको थियो ।संसद बिघटन सम्बन्धी मुद्धाको आज फैसला सुनाउँदै सर्बोच्च अदालतले २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रि नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।सर्बोच्चले परमादेश जारी गरे पछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि नै प्रधानमन्त्रि बन्ने निश्चित भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु