देउवा प्रधानमन्त्री नियुक्त शपथ ग्रहण आजै

2021-07-13 मा प्रकाशित

झापा । नेपाली काँग्रेसका सभापति सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

देउवा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त भएका हुन् ।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेको पुष्टि गर्दै राष्ट्रपति कार्यालयले साँझ ६ बजे शपथ ग्रहण कार्यक्रम तय भएको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु