भोलि शनिबार राति १२ बजेबाट झापा जिल्ला पूर्ण रुपमा सिल हुने

2021-07-30 मा प्रकाशित

मेचीनगर,१५ साउन ।झापामा पछिल्लो समय कोरोना संक्रमण बढदै जान थालेपछि जिल्लामा फेरि कडा निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा बिहीबार बसेको डिसीएमसीको बैठक पछि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाद्वारा जारी आदेशमा साउन १६ गते शनिबार राति १२ बजेदेखि साउन २३ गते शनिबार राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको उल्लेख छ ।

निषेधाज्ञामा आम सर्वसाधारण सबैलाई आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

सरकारी कार्यालयको हकमा अत्यावश्यकवाहेकका सबै सेवा स्थगित गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्था माथिल्लो निकायको स्वीकृति लिइ हप्तामा तीन दिन सञ्चालन गर्न पाइने उल्लेख छ ।

सवारी साधान सञ्चालनकोे हकमा सबै प्रकारका निजी तथा सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका सवारी साधान मात्र जिल्लामा सञ्चालनमा आउने छन् ।

पसल तथा व्यवसायको हकमा औषधी र स्वास्थ्य सामग्री तथा इन्धन वाहेक अन्य पसल व्यवसाय पूर्णरुपमा बन्द गर्ने निर्णय भएकोे छ ।

त्यस्तै हरियो तरकारी, फलफुल, दुध अण्डा, मासु तथा मासु जन्य पदार्थका पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ने छन् ।

कक्षा ११ को परीक्षा सञ्चालनकालागि विद्यार्थीको आवतजावतमा आवश्यक समन्वय गर्ने उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु