कोभिसिल्ड खोपको दोस्रो मात्रा साउन २५ गतेदेखि लगाइने

2021-08-07 मा प्रकाशित

झापा, २३ साउन । कोरोना भाईरस बिरूद्भको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूले साउन २५ गतेदेखि दोस्रो मात्रा लगाउन पाउने भएका छन । लामो समयदेखि कोभिसिल्ड लगाएर बसेकाहरूका लागि मात्रै दोसो मात्रा साउन २५ गतेदेखि लगाउन शुरू गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

एस्टेजेनेका खोप भुटानबाट ३ लाख शुक्रबार बिहान काठमाण्डौ आइपुगेको र जापानले दिने १६ लाख शनिबार आजबाट आउने भए पछि सरकारले यश अघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेकाहरूलाई दोस्रो मात्रा लागाउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई पटक गरेर ८ लाख मात्रा खोप आउने छ र बाँकी ८ लाख मात्रा खोप १० दिनपछि आउने निश्चित भएको छ ।पहिलो चरणमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिइने र दोस्रो चरणमा प्रदेश १ र २ मा एस्टेजेनका खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस अघि भारतिय उत्पादन रहेको कोभिसिल्ड खोप र बेलायतको उत्पादन एस्टेजेनेका खोप एउटै सुत्रमा निर्माण भएकाले पहिलो मात्रा कोभिसिल्ड लगाएकाहरुले दोस्रो मात्रा एस्टेजेनेका खोप लगाउन मिल्ने बिज्ञहरुले यस अघि नै बताइसकेका छन ।६५ बर्ष माथिका जेष्ठ नागरिक, शिक्षक, पत्रकार लगायत करीब १४ लाख ब्यक्ति कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा छन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु