हाम्रा उखान र नेपाली समाज

2021-08-13 मा प्रकाशित

खेमराज थाम्सुहाङ

“गाउँको भूत टाढाको देउता” उक्त नेपालीको परम्परा उखानको आधारमा वातारण, अवस्था र भोगाइको हिसावले आफ्नो विचार केही पंत्तीहरु पोख्न गइरहेको छु ।
उक्त उखान नेपाली समाज, भेष–भूषा, व्यवहार, भनौँ नेपाली जिउने शैली–चल्ने छेत्रहरुसँग सम्बन्धित सबै विधाहरुमा मेल खाएको देखिन्छ । त्यसकारण आफ्नोपन र पहिचानका सांकेतिक तत्वहरु लोप हुँदै गइरहेको देखिन्छ । प्रायजसो नेपालीलाई आफ्नो जात, धर्म, थर, गोत्र, वर्ग, भाषा, लिपि, खान–पान र आफन्त नै पराई लागेको देखिन्छ ।
हामी प्रत्येक नेपालीको आ–आफ्नै मात्रृभाषा, साइनो–सम्बन्ध शब्द ९प्ष्लनकजष्उ धयचम० छ, । जस्तै– अजि, जो–जोलपा, प्रणाम, बोबइ, सेवारो, छ्यामा, जेठान, सोल्टी, लुङ्गा इत्दादि।
शिर उठाउने, रिस–आरिस हटाउने, दशा–गरा काट्ने, सातो (हंश) बोलाउने पर–आत्मा पन्साउने, कुल देवता मान्ने, गाई–गोठ पुजा गर्ने यस्तै कति राम्रो आफ्नोपनको मौलिकता छ ।
तर विस्तारै बिस्तारै यी सबै हामी नेपालीहरुले मान्दै मनाउँदै आइरहेको पहिचान र चिनारी छायाँमा पर्दै छ, पाहुनाको संस्कारले निल्दै जाँदै छ ।
ह्यापी बर्थडे, एनिभसर्री, डेटिङ, पार्टी, लिभिङ टुगेदर र गेट–टु ग्यादरले विज्ञापन तिब्र रुपमा लिइरहेको देखिन्छ । अंकल, आन्टी, मिसेस, फादर–इन–ल, रिलेसनसिप, ब्रेक–अप, एक्स, सिङ्गल सायद यस्तै–यस्तैले नै नेपालीपनलाई झाप्यै छोपि सकेको बुझिन्छ ।
प्रविधिको आविस्कारले आधुनिकरण हुँदै विश्वकरण उन्मुख भइरहेको युगमा कताबाट परम्परागत विचार सम्भब हुनसक्छ भन्ने कतिपयलाई जिज्ञासा समेत आउन सक्छन् । त्यो भनाई स्वीकार्नु पनि पर्छ ।
उक्त माथिको अनुच्छेदको सन्दर्भमा भन्नु पर्दा आज आएर नै भोलि हुन्छ । आईतबार पछि मात्र सोमबार आउँछ, त्यसैले नविकरण, अध्यावधिक विकास र आविस्कार नै विगतका संरचनालाई संरक्षण गर्दै, वर्तमानको संरचनालाई परिचालन÷प्रयोग गरेर भविष्यमा सरल÷सहज सहितको जीवनशैलीलाई विकास भन्न सकिन्छ ९ःभबलक तचबअभ उबिअझभलत लयत चभउबिअझभलत० ।
यस पाटोलाई हेर्दा, विशेष नागरिकको भूमिका र योगदान भन्दा पनि मुख्य राज्य सञ्चालक र राष्ट्रिय योजनाकार यी दुई व्यक्तिहरुको प्रमुख भूमिका देखिन्छ । राज्य सञ्चालकले स्वदेशी उत्पादन तथा देशी भावना विचारोपन गराउनु पर्छ भने राष्ट्रिय योजनाकारले मुलुकभित्रको वस्तु र नागरिक स्रोतलाई पहिचालन गर्दै उत्पादन र उपभोगप्रति सरल व्यवस्था गर्नु पर्ने हुन्छ ।
फलस्वरुपः आफ्नोपन, मौलिकपन, नेपालीपनले स्थाइरुपमा अस्थित्व लिइदै पहिचानको मूलबाटो लिइदै जाने सम्भावना देखिन्छ ।
नेपालको भौगलिक भित्र, नागरिक बिच रहेको लोकतन्त्र व्यवस्थाको मेरुदण्ड मानिने बन्धुत्व, उदारता, स्वतन्त्रता र समानताले समेत उदाउन सक्छन् । तर गाउँको भूत टाडाको देउता भन्ने उखान मात्र नभएर सत्य रुपमा दैनिकी जीवन गुजारा र व्यवहारमा छलङ्ग देखिन्छ । दोस्रो तेस्रो मुलुकको भरमा चल्नु पर्ने, रोजगार र कमाउनको निमित्त परदेशिनुपर्ने, स्वदेशमा बसेर विदेशको गुनगान गाउनुपर्ने, पराइ देशको नुन–भुटुनमा भरपर्नु पर्ने, दूर–देश र कोशौँ टाडा रहनेलाई आफ्नो मान्नु पर्ने । यस्तै व्यवहारको प्रभाव सम्बन्ध र परिवारमा समेत प्रवेश भएको कारण आफ्नो मान्छे गनाउने, पराई मान्छे मन पराउने, राम्रो, ठूलो, धेरै, लोभलाग्दो पनि अरुकै देखिनु पर्ने । यस्तै–यस्तै परिवेशको असर मनोवैज्ञानिक ढङ्गबाट सम्वेगमा परिणत हुँदा रहेक क्षेत्र विवादित हुनु एकअर्कामा नकारात्मक सम्वेग सृजना हुनु जसको असर पोथीले जस्तै एउटा अण्डा पार्दा गाउँ नै थर्किने गरी हल्ला गर्ने आदत लागेको बुझिन्छ ।
यस्तै क्रम चलिरहे एक दिन १२५ जाती र १२३ भाषा सजिलै ओझेल पर्दै विदेशी संस्कार भाषा–लिपिले पूर्ण रुपमा ढाकि दिन्छ अथवा ९ब्लतजचयउययिनथ० आफ्नै भूगोलभित्र अन्य मुलुकको दासी ९क्बिखभ० बन्न पुग्छौँ ।
अब गाऊँको भूत टाढाको देउता होइन, आफ्नो जन्मभूमि प्राण÷स्वर्ग भन्दा प्यारो÷आनन्द लाग्छ भन्ने सत्य वाच्यलाई यर्थाथ रुपमा तपाई हामीले आ–आफ्नै तहबाट सुरुवात गर्नु पर्ने देखिन्छ । लोकतान्त्रिक व्यवस्थाभित्र टासिएर बसेको अ–लोकतान्त्रिक पर्खाल तोड्नु पर्छ । धर्म निरपेक्षभित्र लुकेर बसेको एकल धर्म मेटाउनु पर्छ । सेवा, सुविधा र राहातभित्र गाँसिएको अ–समानतालाई चुडाउनु पर्ने हुन्छ । राजनीति–अधिकारभित्र पर्ने विविध वर्ग, लिङ्ग, क्षेत्र, समूहलाई बाँधेको अदृश्य जालोलाई भत्काउनु पर्ने छ । नागरिकलाई बेरोजगार, गरिबी, आवश्यकताले छट्पटाउने बनाएर विस्तापित तहमा पु¥याृने नीति तथा गैर जिम्मेवारी कृयाकलापलाई निमूल पार्नु पर्नेछ । जन्म, जातले नभएर विलिन अवस्थामा पु¥याउने व्यवस्थालाई परिवर्तन गरिनु पर्नेछ । बदलाको भावना र झुण्डको आडमा निर्णय लिने भन्दा पनि गहिरो विश्लेषण पश्चात नागरिकको पक्षमा निष्कर्ष निकाल्ने शैली बनाउनु पर्छ । शैद्धान्तिक ढङ्गबाट मिठो शब्दमा उज्ज्वल सपना देखाएर व्यवहारिक तर्फ दीर्घकालिन कुनै नागरिक वा समुदायलाई असररअपङ्गा पर्ने चलखेल पूर्ण रुपमा बन्द गर्नु पर्छ । मत संकलन गर्नको निम्ति बोलिने भाषण र नागरिक तथा देशको भौगोलिक क्षेत्रको विकासको निम्ति बोलिने हित शब्द फरक हुनु पर्ने हुन्छ ।
अठ्याउने र निचोढ्ने कानुन भन्दा पनि सरल हिसाबले पाउने र गरिखाने शुलभ् नियम नीति बनिनु पर्छ । सबै तह र प्रकारका नागरिकले राज्यको स्वदेशी उत्पादनको स्वाद साथै सरकारको अभिभावकत्वको नरम व्यवहार महसुस गर्न पाउनु पर्छ । हाम्रो एसिया महादेशमा पर्ने हाम्रो देशको उत्तर पूर्व केहि मुलुकहरुलाई हेरौँ, जहाँ आफ्नै परम्परालाई जीवित राख्दै आफ्नोपन र मौलिकपनलाई पहिचान बनाएर वर्तमानको २१ औँ सताब्दीको आधुनिकरणको विकासको चरमचुलीमा उभिएको उदाहरणको रुपमा लिन सकिन्छ । अतः गाउँको भूत टाडाको देउता नभनऔँ आफ्नो जन्मभूमि प्राण÷स्वर्ग भन्दा प्यारो÷आनन्द हुन्छ भन्ने प्रण गरौँ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु