व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै व्यवसायीले बुझाए मेचीनगरमा ज्ञापन

2021-08-15 मा प्रकाशित

मेचीनगर,३१ साउन। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनु पर्नै भन्दै मेचीनगरका व्यवसायीहरुले आइतबार मेचीनगरमा ज्ञापन पत्र बुझाएका छन् ।मेचीनगरका विभिन्न १५ संघ–संस्थाको तर्फबाट नगर प्रमुखसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जारी निषेधाज्ञाबाट व्यवसायीहरु संकटमा परेको भन्दै सरकारले तोकेको मापदण्ड पालना गर्दै पसल, व्यवसाय सञ्चालन गर्ने बताएका छन् ।

उनीहरुले व्यवसायीहरुबाट कर, हर्जना संकलन गरि रहँदा व्यवसाय भने बन्द हुनु न्यायोचित नभएको भन्दै आँफुहरुले व्यवसाय खोल्ने जनाएका छन् ।

व्यवसायीहरुको तर्फबाट होटल व्यवसायी महासंघका केन्द्रीय सचिव राजु अधिकारीको नेतृत्वमा गएको टोलीले नगर प्रमुख विमल आचार्यलाई ज्ञापन पत्र बुझाउँदै आवश्यक समन्वय गरिदिन स्थानीय सरकारसमक्ष आग्रहसमेत गरेको छ ।होटल व्यवसायी संघ, मेचीनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ(गोपाल) होटल व्यवसायी महासंघ महासचिव राजु अधिकारी, पूर्व मेची वस व्यवसायी प्रालि मेचीनगर अध्यक्ष विष्णुकुमार श्रेष्ठ, खुद्रा व्यवसायी संघ, मेचीनगर अध्यक्ष भुपाल सिवाकोटी, झापा ट्राभल्स संघ अध्यक्ष निरबहादुर कार्की, नाटा, १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, पूर्वी नेपाल यातायात व्यवसायी प्रालि अध्यक्ष केशव गिरी, महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोष अध्यक्ष विष्णु गौतम, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष खडानन्द भण्डारी, सुनौलो संयुक्त यातायात प्रालि अध्यक्ष भुपाल ओली, मेची अञ्चल इ–रिक्सा टेम्पो यातायात प्रालि अध्यक्ष गणेश चौहान, नेपाल पर्यटन श्रमिक संघ अध्यक्ष विजय सुवेदी, राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय सदस्य ज्ञानेन्द्र घिमिरे, नेपाल यातायात मजदुर संघ, अध्यक्ष विशाल तामाङ र काँकरभिट्टा टेक्सी व्यवासयी प्रालि अध्यक्ष डिल्लीकुमार कार्कीको नाम र हस्ताक्षरसहितको ज्ञापन पत्र नगरपालिकामा बुझाएका हुन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु