स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल

2021-08-20 मा प्रकाशित

बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् ।

समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको छ ।

संस्थापक अध्यक्ष रत्नबहादुर बस्नेतको सभापतित्व तथा राष्ट्रिय कोषाध्यक्ष शालिग्राम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वतन्त्र पत्रकारहरुलाई अझ सक्रिय रुपमा अघि बढाउने निर्णय समेत भएको छ ।

दलिय स्वार्थका कारण मुलक गम्भिर संकटमा पर्ने खतरा बढेको भन्दै पत्रकारिता समेत स्वतन्त्र र निष्पक्ष बन्न नसक्दा नागरिकले सहि सूचना पाउनबाट बञ्चित हुनु परेको निकर्ष निकालेको छ । नवनिर्वाचित अध्यक्ष ढकालले झापामा पत्रकारका क्रियाशिल संघ–संगठनले अझै पनि स्वतन्त्र पकारको अस्तित्व स्विकार गर्न अनाकानी गरेको भन्दै स्वतन्त्र पत्रकारहरुलाई पनि सम्मानजनक रुपमा व्यवहार गर्न माग गरे ।

दलिय संगठनको आधारमा गठन भएका संगठनहरुले स्वतन्त्र पत्रकारिता गर्न नसक्ने भएकाले आस्था र विचारलाई थाँती राख्दै पत्रकारिता स्वतन्त्र रुपमा गरिनु पर्नेमा जोड दिइएको छ । साथै पत्रकार महासंघको हरेक गतिविधिमा स्वतन्त्र पत्रकारहरुलाई समेत समावेश गर्न माग गरिएको छ ।

समाचार लेखेकै आधारमा कसैले असुरक्षाको अनुभूति गर्न नपरोस् भन्दै जिम्मेवार पत्रकारिता गर्नु अति आवश्यकता भएकोमा स्वतन्त्र पत्रकारहरुले जोड दिएका छन् । कोरोना भाइरसको संक्रमण झापामा बढ्दै गएका बेला प्रविधिको प्रयोग गर्दै अधिवेशन सम्पन्न गरिएको हो ।

साथै अधिवेशनले संस्थापक अध्यक्ष बस्नेतलाई प्रदेश समितिमा सिफारिस गरेको छ । केन्द्रिय महाधिवेश आगामी १९ र २० गते नवलपुरमा गरिने भएकाले जिल्ला अधिवेशनहरु धमाधम भइरहेका छन् । २५ जिल्लामा संगठन विस्तार भइसकेको र आगामी दिनमा थप जिल्लाहरुमा संगठन विस्तारलाई तिब्रता दिइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु