राप्रपा नगर समितिले पायो पूर्णता

2021-09-10 मा प्रकाशित

मेचीनगर । राप्रपा मेचीनगर समितिले पूर्णता पाएको छ । गत चैतमा सम्पन्न नगर अधिवेशनबाट चुनिएको नयाँ समितिले बाँकी रहेका पदाधिकारीहरुको मनोनयन गर्दै नगर समितिलाई पूर्णता दिएको हो । शुक्रबार मेचीनगर–८, जोरसिमल स्थित पार्टी क्षेत्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी गराइएको हो ।
गत चैत ६ गते सम्पन्न पार्टीको नगर अधिवेशनले सबिना बजगाईंको अध्यक्षतामा १६ सदस्यीय नगर समिति चयन गरेको थियो । साउन २९ र ३० मा सम्पन्न पार्टीको भेलाले नगर समितिमा थप २६ जना पदाधिकारीहरु मनोनय गर्दै ४३ सदस्यीय नगर समिति गठन गरेकोे छ ।
बजाईं अध्यक्ष रहेको समितिको उपाध्यक्षद्वयमा घनश्याम लामिछाने ९वडा नं।७० र होम विष्ट ९वडा नं।६०, सचिवमा विशालकृष्ण वास्तोला ९वडा वडा नं।२०, सहसचिवमा राम भारती ९वडा नं।१०० तथा कोषाध्यक्षमा डम्बरकुमारी राउत ९वडा नं।१५० रहेका छन् । विधान तह ३ उपाध्यक्ष, २ सचिव रहने नगर समितिमा थप एकरएक जना उपाध्यक्ष र सचिव पछि मनोनित गरिने बताइएको छ ।
पार्टी कार्यालयमा आयोजित नगर भेला प्रमुुख अतिथि पार्टीकी केन्द्रीय सदस्य माया गुरुङ, विशेष अतिथिहरु पार्टीका प्रदेश सदस्य कल्याण खड्का, जिल्ला सदस्यहरु सुशिल आचार्य, सुनिता शर्मा, राजन प्रसाईं, शारदा पराजुली, क्षेत्र क अध्यक्ष राजकुमार राई, क्षेत्र ख अध्यक्ष दिपेश राई ९गोरे भाई०लगायतको सहभागितामा सम्पन्न भएको पार्टीका नगर समिति सचिव वास्तोलले पत्रकार सम्मेलनमा जानकारी गराए ।
सो अवसरमा पार्टी अध्यक्ष बजगाईंले राप्रपालाई सबैको भरोसा योग्य बनाउने लक्ष्यका साथ संगठन विस्तार लागेको जानकारी गराइन् । उनले शीघ्र नगरमा पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातन्त्र विद्यार्थी संघ, महिला तथा युवा कमिटि निर्माण गर्ने योजना तय भएको बताइन् ।
बजगाईंले आगामी निर्वाचनलाई लक्षीत गरी सबै वडामा समिति गठन गरिएको बताउँदै जनप्रतिनिधि छनोटका लागि वडागत उम्मेद्वारी तय गर्ने गरिको आन्तरिक गृहकार्यसमेत सुरु गरि सकिएको जानकारी दिइन् ।
नगर पछिल्लो समय मात्र हजार बढी कार्यकर्ता राप्रपामा प्रवेश गरेको भन्दै उनले मेचीनगरमा उदाउँदो शक्तिको रुपमा राप्रपाले स्थान बनाउँदै लैजाने विश्वाससमेत ब्यक्त गरिन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु