बालकल्याण माविमा पुरस्कार वितरण तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक योगदानमा मेरो एक रुपैयाँ राशिको अक्षयकोष स्थापना

2021-09-14 मा प्रकाशित

डम्बर बराल
सुरेन्द्रनगर,२९ भदौ । मेचीनगर–५ स्थित बालकल्याण माध्यमिक विद्यालयले ५७ औ बालदिवसको अवसर पारेर विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ ।
विद्यालयले २०७७ को एसइईमा उत्कृष्ठ अंक ल्याउने स्नेहा पुरी र सिवानी लिम्बूलाई राधाबल्लभ पराजुली स्मृती अक्षय कोषबाट जनही रु ५ हजार नगद राशीबाट पुरस्कृत गरेकोे छ । एस.ईईमा दुवै छात्राहरुले बराबरी अंक ल्याएका थिए ।
त्यसैगरी विद्यालयले श्रेयासी एण्ड समीर अक्षयकोष मार्फत कक्षा ९ मा उत्कृष्ट अंक ल्याउन सफल सिस्ता गिरी र कक्षा ८ मा उत्कृष्ठ अंक ल्याउन सफल समता भण्डारीलाई जनहि ४ हजार नगद राशिले पुरस्कृत गरेको छ ।
उक्त पुरस्कार राधाबल्लभ पराजुली स्मृती अक्ष्यकोषकी अक्षयदाता लेखमाया पराजुली र कार्यत्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडा अध्यक्ष योगेन्द्र थापाले हस्तान्तरण गरेका थिए । पुरस्कार वितरण पछि प्रमुख अतिथि थापाले केहि वर्ष अघि सम्म भौतिक र आर्थिक रुपमा कमजारे यस विद्यालयले छोटो समयमा फड्को मार्न सफल भएको बताए । अध्यक्ष थापाले अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा विभिन्न क्षेत्रबाट विद्यालयलाई आर्थिक सहयोग गर्नुहुने दाताहरुका कारण विद्यालयले चौतर्फी रुपमा फड्को मार्न थालेको बताउँदै आगामी दिनमा थप सहयोगको आवश्यक्ता रहेको बताए ।
विद्यालयका पिटीए अध्यक्ष सुभाष लिम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा असल संस्कार र समृद्विका लागि एन एमसीले ल्याएको कार्यक्रम सामाजिक योगदानमा मेरो एक रुपैयाँको कार्यक्रमलाई विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्येश्यले सो रकमबाट अक्षयकोष स्थापना गरिएको छ । २०७५ सालदेखि एनएमसीले सामाजिक योगदानमा मेरो एक रुपैयाँ अभियान सञ्चालन गर्दै आएको छ । सो संकलित रकमको ७५ प्रतिशत सामाजिक योगदानमा खर्चन सकिने व्यवस्था अनुसार सो रकम विद्यालयलाई प्रदान गरि २लाख १४ हजार ८ सय रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कनक बहादुर कार्कीले बताए । सो रकम इकाई समिति संयोजक अनिता कार्कीले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेलाई प्रदान गरेकी थिइन् ।
उक्त अक्षकोषबाट विद्यालयले कक्षा १ देखि ७ सम्मका सर्वाेउत्कृष्ट एक –एक जना विद्यार्थीलाई जनहि ३ हजारका दरले पुरस्कृत गरिने अध्यक्ष कार्कीले बताए ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिपजङ्ग सुब्बाले ठूलो आर्थिक संकट व्यहोरीरहेको विद्यालय छोटो समयमै आर्थिक समृद्वि तर्फ अघि बढेको भन्दै विद्यालयको सिंगो टिमको प्रशंसा गरेका थिए । उनले विद्यालय आर्थिक, भौतिक, रुपमा मजबुत बन्दै गएकोले अव शिक्षाको गुणस्तर सुधार गरेर नमुना विद्यालयको रुपमा विकास गर्न सवैको योगदान हुनुपर्ने बताए । कार्यक्रममा डम्बर बहादुर पुरी, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनन्त कुमार दाहाल लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयले अक्षयकोषको दायरालाई फराकिलो पार्दै राधावल्भ पराजुली स्मृती अक्षयकोष,श्रेया एण्ड समीर अक्षयकोष,सामुहिक अक्षयकोष,ओमनाथ ऋतु स्मृती अक्षयकोष र सामाजिक योगदानमा मेरो एक रुपैयाँको अक्षयकोष स्थाना गरिसकेको प्रअ न्यौपानेले जानकारी दिए ।
विद्यालयका प्रावि ईन्चार्ज सन्तलाल माझीले स्वागत गरेको कार्यक्रमको सञ्चालन साहायक प्रधानाध्यापक धनराज पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु