केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सुवेदीको उम्मेद्वारी घोषणा

2021-09-20 मा प्रकाशित

धुलाबारी,४ असोज । नेपाली काँग्रेसकी महिला नेतृ टिका सुवेदीले नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गर्नु भएको छ । नेतृ सुवेदीले महाधिवेशनमा युवाहरुको उपस्थीतीलाई बलियो बनाउन आफुले झापा क्षेत्र नं १ बाट महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएको बताउनु भयो ।

‘सबैले युवा पुस्ता अगाडी आउनु पर्यो भनेको सुनेकी छु’ वहाँले भन्नुभयो, ‘अब हेरौ म जस्ता युवाको उम्मेद्वारीलाई कस्तो समर्थन हुन्छ ।’ राजनितिमा युवा पुस्ताको नेतृत्वदायी भुमिकाले मात्रै सकरात्मक परिवर्तन गर्न सभ्भव हुने सुवेदीले बताउनु भयो ।

नेपाल महिला संघ मेचीनगरकी उपाध्यक्ष समेतको जिम्मेवारी निर्वाह गरिसक्नु भएकी सुवेदी राजनिति बाहेक सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय हुनुहुन्छ । मेचीनगर लेडी जेसीजकी पुर्व अध्यक्ष समेत रहनु भएकी सुवेदी सहकारी र महिला समुहहरुमा समेत विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहनु भएको छ ।

स्थानीयस्तरमा लोकप्रिय महिलाको छवि बनाउनु भएकी युवा नेतृ सुवेदी आफुलाई पाएको जिम्मेवारीमा लगनशील भएर लाग्ने ब्यक्तित्वका रुपमा समेत परिचित हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु