एनएमसी धुलाबारी शाखाको साधारणसभा सम्पन्न

2021-09-21 मा प्रकाशित

मेचीनगर ५ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले बुधवार धुलाबारी एकाई समितिको साधारण सभा सम्पन्न गरेको छ । सहकारीले एकाईगत साधारणसभा लाई तीव्रता दिन थालेको छ।

धुलाबारी शाखाकी अध्यक्ष पवित्रा न्यौपानेको अध्यक्षतामा मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष न्यौपानेले एकाईगत साधारणसभाबाट चुनिएका प्रतिनिधिले मात्र संस्थाको २९ औं साधारणसभामा भाग लिन पाइने बताइन् । साधारण सभाले शेयर सदस्य मध्ये तीन जनालाई साधारणसभामा भाग लिने गरी प्रतिनिधि चयन गरेको छ ।

मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले तयार गरेको संस्थाको प्रतिवेदन लेखा समिति सदस्य रचना दाहालले प्रस्तुत गरेकी थिइन् भने लेखा प्रतिवेदन इलाम क्षेत्रको क्षेत्रीय प्रमुख बासुदेव खतिवडाले प्रस्तुत गरेका थिए ।

धुलाबारी शाखा प्रमुख रिता श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख विकास राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।एनएमसीको कूल सम्पति रु। ११ अर्ब ८० करोड ५३ लाख ३८ हजार ७८५ रहेको प्रतिवेदनमा उल्लेख छ । रु। एक लाख पाँच हजार बढी शेयर सदस्य रहेको सहकारीको २९ औं साधारणसभाको प्रतिवेदनमा चुक्ता शेयर पुँजी रु। एक अर्ब ११ करोड ६० लाख छ हजार २०० रहको उल्लेख गरिएको छ ।

२८ बर्ष अघि काँकरभिट्टाबाट सुरु भएको सहकारीले ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नारा तय गरेर भौतिक सम्पति र वासलातको मात्र विस्तार एवम् बृद्धि नगरेर अनेकौं असल अभ्यास, संस्कारयुक्त नेतृत्व तथा सक्षम जनशक्तिको विकास गरिरहेको जनाएको छ ।

एनएमसीले जिल्लामा मात्र नभएर छिमेकी जिल्ला मोरंग र इलाममा समेत कार्य क्षेत्र विस्तार गरेको छ । संस्थाले ४२ वटा भन्दा बढी शाखा कार्यालय स्थापना गरेर बैङकिङ सेवा प्रदान गर्दैै आएको छ । संस्थाले बैङकिङ कारोवारसहित एनएमसी डेरी, चिया व्यवसाय, एकीकृत नमूना कृषि फार्म र एनएमसी सहकारी पसल सञ्चालन गर्दै आएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु