
मेचीनगर, १० असोज । नेपाली कांग्रेसको मेचीनगर सभापतिमा सुदय पनेरु निर्वाचित भएका छन् ।
उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बराललाई १५ मतले पछि पारे ।सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् ।
त्यसैगरी उपसभापतिमा योगेन थापामगर र धनकाजी खत्री विजयी भएका छन् । मगरले ३८० मत प्राप्त गरेका छन् भने खत्रीले ३४३ मत प्राप्त गरेका छन् ।
उपसभापतिका अन्य उम्मेद्वारहरु सन्दिप ओलीले १२६ मत तथा राजु अधिकारीले ५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिवमा मनोज घिमिरे र मुुकेश लिम्बू निर्वाचित भएका छन् । घिमिरे ३२७ मत तथा लिम्बूले २६८ मत प्राप्त गरेका छन् । सचिवका अन्य उम्मेद्वारमा अशोक राईले १५७ तथा लक्ष्मी काफ्लेले १२५ मत प्राप्त गरेका छन् ।
सहसचिवतर्फ टिकाराम धमला र बिजय भट्टराई विजयी भएका छन् । धमलाले २९६ मत तथा भट्टराईले २१३ मत प्राप्त गरेका छन् ।
सहसचिवकै उम्मेद्वार लोकेन्द्र थपलियाले १७१ मत, चन्दन गौतमले १६८ मत तथा नवीन खतिवडाले १३५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
मेचीनगरमा काँग्रेस नगर समितिका कुल ४९९ मतदाता मध्ये ४९३ मत खसेको थियो ।
प्रतिकृया दिनुहोस्