धुलाबारीमा बजार अनुगमन, म्याद गुज्रिएका पेय पदार्थ , तेल र खाद्य वस्तु भेटियो

2021-10-01 मा प्रकाशित

मेचीनगर, १५ असोज । मेचीनगरमा बिहीबारबाट सुरु भएको बजार अनुगमनको कार्य ले शुक्रबार पनि निरन्तरता पाएको छ । टोलीले बिहीबार काकरभिट्टाका विभिन्न खाद्य  पसल अनुगमन गरेको थियो भने शुक्रबार धुलाबारी बजार क्षेत्रमा अनुगम गरेको छ । अनुगमनका क्रममा केही पसलमा म्याद गुज्रिएका पेय पदार्थ तथा खानेतेल फेला परेको थियो । म्याद गुज्रिएका कतिपय सामान टोलीले जफत गरेको छ । म्याद गुज्रीएका पेय पदार्थ भने प्वाल पारेर छोडिदिएको थियो ।
दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य बृद्वि हुन थालेको उपभोक्ताको गुनासो आए सँगै मेचीनगरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।


सो क्रममा उपभोग्य मिती गुज्रिएका खाद्य वस्तु टोलीले नियन्त्रणमा लिईएको मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए । दशैँ—तिहारलगायत अन्य चाडपर्वका समयमा बजारमा हुने कालोवजारी र खाद्य सामग्रीको मुल्य बृद्घि नियन्त्रण गर्न मेचीनगरमा बजार अनुगमन गरिएको उनको भनाइ छ ।
अनुगमन टोलीले अनुगमनका क्रममा वील विजक चुस्तदुरुस्त नराखेको, मूल्य सूची नराखेको राखेको भए पनि त्यसलाई दैनिकरुपमा व्यवस्थापन नगरेको, पसलमा उपभोग्य मिति सकिएका खाद्य वस्तु फेला पारेको थियो । टोलीले खुद्रा व्यवसायीहरुलाई होलसेल व्यवसायीले जारी गरेको वील विजक सुरक्षित राख्न र अनुगमन टोलीले आवश्यक परेका बखत माग गरेका बेला उपलब्ध गराउन भनेको छ । टोलीले कट्टेल किरान पसल,देवेन्द्र किरान पसल, आदर्श किराना पसल,पौडेल किराना पसल, शान्ति स्टोर, खाटुश्याम स्टोर र कृष्ण सजिलो किनमेल पसलमा अनुगमन गरेको छ ।


अनुगमनका क्रममा टोलीले कृष्ण सजिलो किनमेल पसलबाट करिव २० हजार मूल्य बराबरको मिरिण्डा, पेप्सी, माउण्टेन डियू , वियर तथा डेरी मिल्क फेला पारेको थियो । उक्त पेय पदार्थ प्वाल पारेर छोडेको छ भने खाध्यपदार्थ टेलीले बरामत गरेको छ । त्यसैगरी टोलीले पौडेल किरान पसलबाट म्याद गुज्रीएका २१ पोका खाने तेल,६ पाकेट हल्दिराम मटर फेला पारेको थियो । कट्टेल किराना पसलबाट केही पाकेट बच्चाहरुले खाने कुरमुरे फेला पारेको छ । टोलीले  देवेन्द्र किरान पसलबाट ८ वटा किक्कर चकलेट फेलापारेको थियो । त्यसैगरी शान्ति स्टोरबाट २ पाकेट न्यूटेला र २ पाकेट हाजमोला फेला परेको छ । उक्त सवै खाध्य सामग्री टोलीले बरामत गरेको छ ।

टोलीमा मेचीनगर नगरपालिका खाद्य अधिकृत दीपेन्द्र कार्की, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक विकास राई , उपभोक्ता मञ्च नेपाल झापा सचिव सन्तोष
न्यौपाने , मेचीउद्योग बाणिज्य संघकी प्रतिनिधि झूनादेवि बानियाँ, नगर प्रहरी, नेपाल प्रहरीलगायतको सहभागिता थियो । चाडपर्वका बखत बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सवै उद्योगी व्यवसायीहरुलाई टोलीले आग्रह गरेको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु