एक्सेल बैंकले प्रदेश १ का सबै जिल्लामा सेवा विस्तार गर्ने

2021-10-02 मा प्रकाशित

झापा, १६ असोज । एक्सेल डेभलपमेन्ट बैंकले प्रदेशको १४ जिल्लामै सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

आज विर्तामोडमा सम्पन्न बैंकको १५ औं वार्षिक साधारणसभामा उक्त घोषणा गरिएको हो ।

सभाले सञ्चालक सदस्यमा पर्शुराम दाहाल, पुरुषोत्तम लम्साल र पेशलराज पोखरेललाई निर्विरोध चयन गरेको छ ।

सिद्धार्थ होटलमा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलको अध्यक्षतामा भएको सभामा आर्थिक लगायतका विभिन्न प्रतिवेदन पारित भएका छन् भने संस्थाको आगामी रोडम्याप अनुमोदन गरिएको छ ।

पाँच जिल्ला कार्यक्षेत्र रहेको यो बैंक आगामी दुई महिनापछि प्रदेशका १४ वटै जिल्लामा विस्तार हुने र प्रदेशको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित हुने सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले बताएका छन् ।

यसका लागि बैंकले पूँजी वृद्धि गर्न हकप्रद शेयर सर्वसाधारणका लागि जारी गर्ने नीति पारित गरेको बैंकका कामु प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले बताए ।

कोरोना महामारीका बीच समेत ६० प्रतिशत मुनाफा वृद्धि गर्न सफल एक्सल बैंकका हाल एक लाख ५० हजार ग्राहक छन् ।

स्व्तन्त्र सञ्चालक सदस्य शुषमा शर्मा वस्तीले स्वागत र कम्पनीका सचिव श्यामबहादुर बोहोराले सञ्चालन गरेको सभामा बैंकका पूर्व अध्यक्ष हेमराज ढकाल, संस्थापक सञ्चालक डा। रुपक खनाल, संस्थापक सञ्चालक सुरेश बंशल, निवत्र्तमान सीइओ दिनेशकुमार पोखरेलले बैंकका गतिविधि र प्रगतिको चर्चा गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु