युवा व्यवसायी घिमिरेले सञ्चालनमा ल्याए, धुलाबारीमा ‘सिटी प्लाजा’

2021-10-03 मा प्रकाशित

धुलाबारी,१७ असोज । युवा व्यवसायी अजय घिमिरेले मेचीनगर–१० स्थित धुलाबारी बजारमा सुविधा सम्पन्न सिटी प्लाजा सञ्चालननमा ल्याएका छन् ।
मेचीनगर –१० निवासी घिमिरेले ग्राहकवर्गहरुको चाहानालाई मध्यनजर गरेर एकै ठाउँबाट सवै प्रकारका सामग्री उपलब्ध गराउनेगरी १३ कोठाको सिटी प्लाजा सञ्चालनमा ल्याएका हुन् ।


ग्राहक वर्गहरुलाई आवश्यक सामग्री खरीद गर्न अब अन्यत्र धाउँनु नपर्नेगरी आपूmले सबै प्रकारका सामग्रीको व्यवस्थापन गरेको प्लाजाका सञ्चालक अजय घिमिरेले बताए ।
कोरोना माहामारीका बीच निर्माण सुरुगरिएको उक्त सिटी प्लाजा हालै सञ्चालनमा आएको हो । सिटी प्लाजामा रेडिमेट सामान, चस्मा,घडी, जुत्ता, कुर्थासुरुवाल, ढाकाटोपी, कस्मेटीक लगायत बिभिन्न किसिमका सामग्रीहरु उपलब्ध रहेको र चाड पर्वको समयमा सुपद मूल्यमा विक्रि भइरहेको सञ्चालन घिमिरेले बताए ।

उक्त प्लाजा घिमिरेको एकल लगानीमा सञ्चालनमा आएको हो । यस अघि उनले आविश्कार स्टोर सञ्चालन गर्दै आएका थिए । घिमिरे धुलाबारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता समेत हुन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु