हातेमालो सामुदायिक वनको अध्यक्षमा सिक्देल

2021-10-05 मा प्रकाशित

डम्बर बराल

दुहागढी । मेचीनगर १३ स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा चन्द्र प्रसाद सिक्देल सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न संस्थाको आठौं वार्षिक साधारण सभाले सिक्देललाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा विश्वनाथ धिताल, सचिवमा विमला विष्ट, सहसचिवमा सञ्जय राई र कोषाध्यक्षमा पुष्पा देवी वोखिम चयन भएका छन् ।
त्यसैगरी साधारण सभाले सदस्यहरुमा दीपक ढकाल, तुलाराम गौतम, लक्ष्मण कार्की, रुद्र कार्की, देवी सापकोटा, सन्तोष योङहाङ, सन्देश न्यौपाने , टिकाराम मैनाली, ईश्वर मैनाली, नन्दी बराल, गुणलाल राजवंशी, कुमार मेचे, मेनुका घिमिरे, सुशिला सुवेदी र कला केशी रहेका छन्  ।
त्यसैगरी साधारण सभाले लेखा समितिको संयोजकमा मोहन अधिकारी लाई चयन गरेको छ । समितिको सदस्यहरुमा खगेन्द्र सिक्देल र जीवन प्रसाई रहेका छन् । समितिले आगामी बैकबाट सल्लाकार समिति चयन गर्ने जनाएको छ ।     

संस्थाका कार्यबहाक अध्यक्ष चन्द्र प्रसाद सिग्देलको सभापतित्व तथा मेचीनगर प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्यबहाक अध्यक्ष सिक्देलले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पुष्पादेवी बोखिमले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

आन्तरिक लेखा समितिका सदस्य जीवन प्रसाईंले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा कोभिड संक्रमण भई मृत्यु भएका संस्थाका अध्यक्ष स्व। प्रेम प्रसाद पौडेललाई मरणोपरान्त सम्मान गरिएको थियो ।

त्यसैगरी संस्थाका सल्लाहकार सहित एक दर्जन व्यक्तिहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सव डिभिजन वन कार्यालय मेचीनगर १४ धाइजनका साहायक बन अधिकृत राजन राई ,संस्थाका सल्लाकार संयोजक एवम् मेचीनगर १३ का वडाअध्यक्ष कृष्णराज सिग्देल, वडानम्बर १४ का वडाध्यक्ष शंकर पोख्रेल , विदुर प्रसाद सिवाकोटी, पुष्पराज कार्की, पर्शुराम सिंह राजवंशी, दिल बहादुर कालिकोटे, राम प्रसाद राई, कृष्ण कुमारी सुवेदी, र बद्री महत रहेका छन् ।

उनीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र विशिष्ठ अतिथि उप प्रमुख मिना उप्रेतीले संयुक्त रुपमा सम्मान पत्रबाट सम्मान गरेका थिए । सभाले वन समूहमा केही समय देखि समूह क र ख का उपभोक्ताहरु बीच देखिएको विवाद समाधानका लागि प्राकृतिक स्रोत तथा द्वन्द रुपान्तरण केन्द्र नेपालको पहलमा तयार पारिएको ९ बुँदे सहमतिलाई विधानमा उल्लेख गर्न ५ सदस्यीय विधान मस्यौदा समिति समेत चयन गरेको छ ।

कार्यक्रममा द्वन्द रुपान्तरण केन्द्रका सहजकर्ता छत्र पौडेल, माकुरा समूहका शरद शिवाकोटी, पूर्व अध्यक्ष विदुर शिवाकोटी, मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, डिभिजन वन कार्यालय झापाका युवराज मास्के, राजनीतिक दलका प्रतिनिधीहरु खगेन्द्र सिग्देल, दुर्गा धमला, प्रमुख अतिथि आचार्य, विशिष्ठ अतिथि उप्रेति लगायतले मन्तव्य राखेका थिए ।कार्यक्रमको संचालन आन्तरिक लेखा समितिका संयोजक मोहन अधिकारीले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु