बिना चिरफार टाउकोको शल्यक्रिया गर्दै बीएण्डसी

2021-10-05 मा प्रकाशित

झापा, १९ असोज । बिर्तामोडको बीएण्डसी अस्पतालले टाउकोको बिना चिरफार उपचार सुरु गरेको छ ।
बिर्तामोड–३ निवासी ६० वर्षीया लीलादेवी थपलियाको टाउकोको नशा सम्बन्धी जटिल समस्या बिना चिरफार उपचार गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर प्रदेश १ मै पहिलो पटक बीएण्डसीले सो सेवा सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

अस्पतालकी डा।करुणा ताम्राकार कार्कीले अब बिना चिरफार हामी टाउकोको जटिल समस्याहरु समाधान गर्ने बताइन् । डा। ताम्राकार र डा।दिनेश थापाको टिमले सोहि विधिबाट १२ वटा सफल उपचार गरिसकेको जानकारी दिईएको छ ।

डा। ताम्राकारले हरेक ५० जना मध्ये १ जनालाई टाउकोको समस्या देखिन थालेको बताइन् ।‘टाउको भित्रको समस्या देखिँदैन, उनले भनिन्– ‘समस्या जटिल भएपछि मात्रै विरामीहरु आउने गरेका छन् । असाध्यै टाउको दुख्यो भने पनि नशाको समस्या हुन सक्छ ।’

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु