कनकाईमा जारी फुटवलको पहिलो चरणको खेल सम्पन्न , आजको खेलमा वडा नं.३ विजयी

2021-10-06 मा प्रकाशित

कनकाई, २० असोज ÷झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको चौथो दिनको खेलमा वडा नं.३ विजयी बनेको छ । योसँगै वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको पहिलो चरणको खेल समापन भएको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संचालित आजको खेलमा वडा नं.८ लाई ३—१ गोलको अन्तरले पछि पार्दै वडा नं.३ विजयी बनेको हो ।

खेलको ३५ औं मिनटमा विजयी टिम कनकाई ३ का खेलाडी निशान गुरुङले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए । त्यसपछि थप आक्रामक बनेको वडा नं.८ ले विपक्षीको गोल पोष्ट नजिकै आँपूmले पाएको फ्रि किकलाई समेत सहि सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको थियो । खेल प्रतिस्पर्धात्मक देखिए पनि कनकाई ३ का सनम देवानले खेलको ६० औं मिनटमा र रोहन कार्कीले ६५औं मिनटमा १÷१ गोल गर्दै आफ्नो टिमलाई सुरक्षित बनाएका थिए ।

वडा नं.८ ले भने खेलको ६८ औं मिनटमा १ गोल फर्काउन सफल भएको थियो । खेलको अन्त्यतिर राजु हास्दाले १ गोल गर्दै आप्mनो टिमका तर्फबाट खाता खोलेका थिए ।

खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता रोहन कार्की घोषित भए । कार्कीलाई खेल संयोजक गोविन्द उप्रेतीले म्यानअफद म्याचको पुरस्कार स्वरुप खेलाडीको बुट हस्तान्तरण गरे ।

प्रतियोगिताको दोस्रो चरणमा विहिबार कनकाईको वडा नं. १ र वडा नं.७ विचमा प्रतिस्पर्धा हुने खेल संयोजक उप्रेतीले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताए । असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाले सहभागिता जनाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु