नेपाली काँग्रेस मेचीनगर –१३को पद हस्तान्तरण तथा सम्मान

2021-10-29 मा प्रकाशित

चारआली । नेपाली काँग्रेस मेचीनगर –१३ले शुक्रवार पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
हातेमालो सामुदायिक बनको सभाहलमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि पनेरुले नेपाली काँग्रेसपार्टीलाई पहिलो शक्तिको रुपमा स्थापीत गराउन नयाँ नेतृत्व सफल हुने दावी गरे । उनले काँग्रेसमा युवाहरुको सक्रियता बढेको बताउँदै आगामी निर्वाचनमा काँग्रेसले तीनवटै तहमा आफ्नो जित सुनिश्चिित गर्नेगरी अभियान अगाडि बढाएको बताए ।


कार्यक्रममा नेपाली काँग्रेस पूर्व नगर सभापति दुर्गा सापकोटा ,निर्वतमान उपसभापति पुष्पराज कार्की, तरुणदल १३ नम्बर वडा सभापति अनुप सिलवाल , नेपाल महिला संघकी केन्द्रिय सदस्य गोमा भट्टराई, महिला संघ वडा सभापति गीता कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
वडा सभापति यमकान्त पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभापति पौडेलले नवनिर्वाचित सभापति श्रीराम मरासीनीलाई माइन्यूट बुक हस्तान्तरण गरेका थिए । माइन्यूट ग्रहण गर्दै नवनिर्वाचित सभापति मरासीनीले आफ्नो वडामा काँग्रेसलाई एक ढिक्का बनाएर अघि बढ्ने प्रतिवद्वता व्यक्तगरे ।
सो अवसरमा क्षेत्रिय प्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रिय प्रतिनिधि मोहन अधिकारीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु