काँग्रेसमा पार्टी प्रवेशको लहर बढ्यो , मेचीनगर ५ मा आजै ९७ जना प्रवेश

2021-11-03 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेसको –१४ औ महाधिवेशन सुरु भए सँगै काँग्रेसमा जनलहर बढ्न थालेको छ । पछिल्लो समय पार्टी प्रवेशको लहर बढ्दै गएको छ ।
बुधवार आज नेपाली काँग्रेस मेचीनगर–५ को आयोजनामा पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी ९७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी वडा सभापति नारायण खड्का को सभापतित्व तथा नेपाली काँग्रेका केन्द्रिय प्रवक्ता विश्वप्रकास शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि शर्माले नवप्रवेशीहरुलाई अविर र खादा लगाएर पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि शर्माले समाजलाई गाँस्ने र देश बनाउँने काम काँग्रेसबाट मात्र सम्भव हुँने बताए । उनले भने,‘देशमा दीगो विकास, रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण कामको सुरुवात नेपाली काँग्रेसले नै गरेको हो, काँग्रेस विना दिगो विकास सम्भव छैन।’ उनले कम्युनिष्टहरु कठोर र कडा हुँने भएकाले कडाबस्तु लामो समय टिक्न नसक्ने बताए । कम्युनिष्टहरु खहरे खोला हुँन् उनले भने,‘खहरे त हुवात्तै आउँछ अनि चाँडै सुक्छ तर नेपाली काँग्रेस विशाल समुन्द्र हो, यो शालिन हुन्छ ।’


कार्यक्रमका विशेष अतिथि संविधान सभा सदस्य विश्वदेव लिङदेनले देशमा भएको राजनीतिक, परिवर्तनमा नेपाली काँग्रेसको गौरवशाली इतिहास रहेको र गणतन्त्रको रक्षा र विधिको शासन अरुपार्टीबाट संभव नहुने देखेपछि आफू केही वर्ष अघि तात्कालिन माओवादीबाट नेपाली काँग्रेसमा प्रवेश गरेको र नव प्रवेशीशरुले विचलित नभई नेपाली काँग्रेसमा सक्रिय पूर्वक लाग्न अनुरोध गरे । उनले काँग्रेसनै दु:ख सुखको साथी भएको बताउँदै पार्टी हाक्न सक्ने इमान्तर र असल मान्छे छान्ने समय महाधिवेशन भएकोले असल मान्छेलाई मत दिएर जिताउन आग्रह समेत गरे । केन्द्रिय महामन्त्री पदमा पार्टी प्रवक्ता शर्मा र झापा जिल्ला सभापतिमा रामकट्टेललाई जिताउन उनले खुलेर मत मागेका थिए । सो अवसरमा जिल्ला उपसभापति राम कट्टेल, मेचीनगर सभापति सुदय पनेरुलगायतले नेपाली काँग्रेस जनताको समस्या समाधानमा अभिभावक बनेर भूमिका खेल्ने बताए ।
कार्यक्रममा संविधान सभा सदस्य उषा गुरुङ, जिल्ला सचव प्रेम सम्बाहाम्फे, तारावीर कटुवाल, क्षेत्रीय सभापति मणिकुमार उप्रेती, क्षेत्रीय सचिव हरि बुढाथोकी, क्षेत्रीय सचव खड्ग धिमाल, मेचीनगर उपसभापति योगेन्द्र थापा, तरुणदल जिल्ला सभापति गोपाल तामाङ, लगायत ठूलो संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । वडा उपसभापति उपेन्द्र थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मणि आचार्यले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु