मेचीनगर ५ मा राहत सामाग्रि वितरण शुरु

2020-04-18 मा प्रकाशित

मेचीनगर नगरपालिका वडानम्बर ५ वडाकार्यालयले आफ्नो वडामा भएका विपन्न समुदायका परिवारलाई राहत रकम वितरण शुरु गरेको छ ।

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११गते देखि लक डाउन घोषणा गरेपछि दैनिक मजदूरी गरी जीवीको पार्जन गर्दै आएको विपन्न परिवारलाई खाध्यन्न संकट शुरु भएपछि वडाले खाध्यान्न वितरण शुरुगरेको हो । वडाले केन्द्रिय नीति अनुसार परिवार संख्याका आधारमा राहत वितरण शुरु गरेको वडा अध्यक्ष योगेन्द्र थापाले बताए ।

मेचीनगर नगरपालिकाबाट १सय ३० घरपरिवारको लागि सामाग्रि प्राप्त भएको र जीवन बिकास संस्थाले ६५ घरपरिवारको लागि तथा सत्य साई केन्द्र मेचीनगर ५ले १० घर परिवारको लागि राहात सामाग्रि उपलव्ध गराएको र बाकी २सय ५९ घरपरिवारको लागि वडाबजेटबाट खाध्य सामाग्रि खरीद गरी वितरण शुरु गरिएको वडाअध्यक्ष थापाको भनाईछ

वडाकार्यालयले मंगलबार नवप्रगति , प्रगति , नकलवन्दा , मधु ,मदन, पशुपति ,जागरण लगतयत १२ वटा टोल विकास समितिका १सय २६ घर परिवारलाई राहत सामाग्रि वितरण गरेको वडा सचिव यशु लिम्बूले जानकारी दिए । वडाकार्यालयले बुधबार सम्मा वडामा रहेका २४वटै टोलका अति विपन्न समुदायका ४सय ६४ घरपरिवारलाई राहत सामाग्रि वितण गर्ने योजना रहेको वडा सचिव लिम्बूले बताए ।

थोरै मात्रामा भएपनि राहत पाउँदा विपन्न परिवार हर्षित बनेका थिए । राहत वितरणको लागि वडा सदस्य नारायण खड्का , मेघराज गेलाल र नकलवन्दा प्रहरी चौकीका असई राजकुमार रायामाझीको टोली सामाग्रि सहित बिभिन्न टोल क्षेत्रमा पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु