मेची उद्योग वाणिज्य संघको कर शिक्षा कार्यक्रम

2021-11-18 मा प्रकाशित

मेचीनगर, २ मङ्सिर । मेची उद्योग वाणिज्य संघले दशौं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा आज जनचेतनामूलक कार्यक्रम गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का प्रमुख अतिथि रहेको र संघको कार्यालयमा भएको कार्यक्रममा ‘करदाता शिक्षा कार्यक्रम तथा नीतिगत सुविधा’ विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले अध्यक्षता गरेका थिए भने भने उद्योग उपाध्यक्ष किशोर क्षेत्री ९कपिल०ले स्वागत गरेका थिए ।

संघका सचिव रविचन्द्र नेपालले सञ्चालन गरेको सो कार्यक्रममा ६० जना व्यवसायीको सहभाािगता थियो भने आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजाल, कर अभिकृत सुरेश महतो, संघका पूर्व अध्यक्ष बिजय डालमिया लगायतले मन्तब्य राखेका थिए ।

यसैगरी, गत असोज १५ र १८ गते लगाइएको भेरोसिल खोपको दोस्रो डोज यहि मंसिर ३ गते शुक्रबार बिहान ९ बजेदेखि संघको परिसरमा लगाइने जनाएको छ । खोप लाउन आउँदा खोप कार्ड अनिवार्य ल्याउनु पर्ने छ ।

साथै एस्ट्राजेनिका खोप लगाएकाहरूलाई पछि फेरि जानकारी गराईने संघका कार्यकारी निर्देशक गोपाल वस्नेतले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु